जर्मन शीर्ष डिभिजन फुटबल बुन्डेसलिगा विजेता बायर्न म्युनिख जर्मन कपमा पराजित भएको छ। उसले १९७८ पछिकै सबैभन्दा ठूलो हार बेहोर्दै जर्मन कपबाट बाहिरिएको हो।
स्पेनी क्लब बार्सिलोनाले डच प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ। एक क्लबसिकोमा बेहोरेको हारको एक हप्ता नबित्दै क्लबले कोम्यानलाई बर्खास्त गरेको हो।
एमाले उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने सिद्धार्थनगर नगरपालिकामा एमालेको प्रथम नगर अधिवेशनबाट अर्का उपमहासचिव विष्णु पौडेल निकट चक्रबहादुर थापा विजयी भएका छन्।
यूएई र ओमनमा जारी आईसीसी टी–२० विश्वकपमा इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको छ। अबुधावी रंगशालामा सम्पन्न खेलमा उसले बंगलादेशमाथि ८ विकेटको सानदार जित निकालेको हो।
कर्णाली प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता मातृकाप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्। खनालले व्यक्तिगत कार्य व्यस्तताको कारण पदबाट राजीनामा दिएको जनाएका छन्।
उचित कार्य र जीवन सन्तुलनलाई अगाडि बढाउने अनि कामलाई परिणाममुखी र सार्थ बनाउने हो भने हामीले कहिले, कहाँ र कसरी काम गर्छौ भन्ने कुरामा सुधार गर्न आवश्यक छ।