काठमाडौं- इंग्लिस फुटबल लिगअन्तर्गतको काराबाओ कपमा प्रिमियर क्लब लिभपरपुल प्रिस्टोनलाई हराउँदै अन्तिम आठमा पुगेको छ।
बुधबार राति डिपाडेल रंगशालामा सम्पन्न खेलमा लिभरपुलले प्रिस्टोनमाथि २–० गोलको जित निकालेको हो। लिभपरपुलको जितका लागि ताकुमी मिनमिनो र डिभोव ओरिगीले समान १–१ गोल गरे।
७३ प्रतिशत समय बलमा नियन्त्रण बनाउँदै लिभरपुलले प्रिस्टनमाथि रवाफिलो जित निकालेको हो।
बुधबार रातिकै अर्को खेलमा भने टोटेनहम हट्स्परले बर्नलीलाई १–० गोलअन्तरले हराएको छ। यससँगै टोटेनहम अघिल्लो चरणमा पुगेको छ भने बर्नली बाहिरिएको छ।