सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • स्टार खेलाडीलाई निकाल्ने बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

स्टार खेलाडीलाई निकाल्ने बार्सिलोनाका प्रशिक्षक कोम्यान बर्खास्त

स्पेनी क्लब बार्सिलोनाले डच प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ। एक क्लबसिकोमा बेहोरेको हारको एक हप्ता नबित्दै क्लबले कोम्यानलाई बर्खास्त गरेको हो।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- स्पेनी क्लब बार्सिलोनाले डच प्रशिक्षक रोनाल्ड कोम्यानलाई बर्खास्त गरेको छ। एक क्लबसिकोमा बेहोरेको हारको एक हप्ता नबित्दै क्लबले कोम्यानलाई बर्खास्त गरेको हो।

बार्सिलोनाको मुख्य प्रशिक्षक सम्हालेयता लुई सुआरेज, लियोनेल मेस्सीसमेतलाई बिदा गरेका कोम्यान अहिले आफैं मुख्य प्रशिक्षकबाट बिदा भएका छन्। उनले क्याटलान क्लबबाट ठूला र स्टार खेलाडीलाई हटाएका थिए।

यो सिजनको सुरुमा नै एन्टोइन ग्रिजम्यान पनि पूर्वक्लब एट्लेटिको मड्रिडमा लोनमा फर्किएका थिए।

यता बुधबार रातिको खेलमा लगातार दोस्रो बेहोरेपछि बार्सिलोनाले कोम्यानमाथिको आशा समाप्त गरेको छ। उसले बुधबार राति रायो भालेकानोसँग १–० गोलको हार बेहोरेको थियो।

यो बर्खास्तिसँगै केही महिना अघिबाटै उनको भविष्यमा देखिएको अन्योता स्पष्ट भएको छ। यससँगै अब बिहीबारबाट प्रशिक्षक कोम्यानले क्लबबाट बाहिरिने छन्।

उनी बाहिरिएपछि बार्सिलोनाले जाबी हर्नान्डेजाई ल्याउन सक्ने आँकलन गरिएको छ। हर्नान्डेज अहिले कतारी क्लब अल सादमा रहेका छन्।

खेलाडी जीवनमा कोम्यान बार्सिलोनाका लेजेन्ड डिफेन्डर रहे। तर, उनले प्रशिक्षकका रूपमा बार्सिलोनमा उत्कृष्ट समय बिताउन सकेनन्। उनको प्रशिक्षणमा बार्सिलोना अहिले नवौं स्थानमा छ।

गएको अक्टोबर २ मा एट्लेटिको मड्रिडसँगको खेलको समयमा बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले उनले जस्तो नतिजा दिए पनि उनी क्लबमै रहने बताएका थिए।

उनले क्याम्प नोउमा १४ महिना काम गरे। यो सिजनको सुरुआति १० खेलबाट उनले जम्मा १५ अंक मात्र बटुल्न सकेका छन्। उनले च्याम्पियन्स लिगको समूह चरणमा पनि दुई हार बेहोरिसकेका छन्। यता पछिल्लो चार खेलमा गएरातिको उसको तेस्रो हारसमेत थियो।

बार्सिलोनाले अहिले १९८७ पछि पहिलो पटक अबे खेलमा लगातार हार बेहोरेको थियो।

प्रकाशित: Oct 28, 2021| 09:00 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।