सोमबार, असार २२, २०८३

घरेलु मैदानमा युभेन्टस पराजित

इटालियन फुटबल लिग सिरी एमा युभेन्टसले हार बेहोरेको छ। घरेलु रंगशाला युभेन्टस स्टेडियममा भएको खेलमा उसले ससुओलोसँग २–१ गोलको हार बेहोरेको हो।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- इटालियन फुटबल लिग सिरी एमा युभेन्टसले हार बेहोरेको छ। घरेलु रंगशाला युभेन्टस स्टेडियममा भएको खेलमा उसले ससुओलोसँग २–१ गोलको हार बेहोरेको हो।

युभेन्टसको हारमा ससुओलोका डेविडी प्राटिसी र म्याक्सिम लोपेज नायक रहे। प्राटिसीले पहिलो हाफको ४४औं मिनेटमा गोल गरेर पाहुना टिमलाई एक गोलको अग्रता दिलाएका थिए।

तर, ७६औं मिनेटमा युभेन्टसका वेस्टा म्याककेनिनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। यद्यपि खेलको इज्युरी समयमा लोपेजले गोल गरेर पाहुना टिमलाई जित दिलाए।

यो हारसँगै मासिमिलानो एलेग्रीको टिम युभेन्टस १५ अंकका साथ सातौं स्थान कायम छ। ससुआलोले भने १४ अंक बनाएर नवौं स्थानमा पकड जमाएको छ।

बुधबार राति नै सम्पन्न अर्को खेलमा इन्टरम मिलानले १० खेलाडीमा समेटिएको एम्पोलीलाई २–० गोलअन्तरले हराएको छ भने रोमाले क्यालिग्रीमाथि २–१ गोलको जित निकालेको छ।

इन्टर मिलान अहिले जितसँगै २१ अंक बनाएर तेस्रो स्थानमा छ। ऊ शीर्षस्थानको एसी मिलानभन्दा ७ अंकले पछि छ। त्यस्तै, दोस्रो स्थानको नापोलीको भने २५ अंक छ।

प्रकाशित: Oct 28, 2021| 08:03 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।