शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्ने, आजै मन्त्रीमण्डल गठन गर्ने

राजेन्द्र पाण्डे आज बागमती प्रदेशको मुख्यमन्त्री बन्ने, आजै मन्त्रीमण्डल गठन गर्ने

बागमती प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे नियुक्त हुने भएका छन्।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- बागमती प्रदेशको मुख्यमन्त्रीमा आज नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डे नियुक्त हुने भएका छन्। 

National life

नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन्। प्रदेश प्रमुखले नयाँ सरकार गठका लागि आह्वान गरे लगतै बुधबार ५९ सांसदको समर्थनसहित पाण्डेले दाबी पेस गरेका थिए। 

बागमती प्रदेशमा मुख्यमन्त्री बन्नका लागि ५५ मत आवश्यक पर्छ। नेकपा एकीकृत समाजवादी, कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थन पाएका उनले आजै शपथ लिने कार्यक्रम छ। 

आज दिउँसो सवा तीन बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका अधिकारीहरूले बताएका छन्। 

यस्तै आजै पाण्डेले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने छन्। नेपाली कांग्रेस संसदीय दलका सचेतक निमा लामाका अनुसार आजै कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र नेकपा एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने भएका छन्। उनीहरूले कुन–कुन मन्त्रालय सम्हाल्ने भन्ने टुङ्गो लागेको छैन।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 28, 2021| 08:49 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।