सोमबार, असार २२, २०८३

१९७८ पछि बायर्नलाई ठूलो झट्का, जर्मन कपमा पराजित

जर्मन शीर्ष डिभिजन फुटबल बुन्डेसलिगा विजेता बायर्न म्युनिख जर्मन कपमा पराजित भएको छ। उसले १९७८ पछिकै सबैभन्दा ठूलो हार बेहोर्दै जर्मन कपबाट बाहिरिएको हो।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- जर्मन शीर्ष डिभिजन फुटबल बुन्डेसलिगा विजेता बायर्न म्युनिख जर्मन कपमा पराजित भएको छ। उसले १९७८ पछिकै सबैभन्दा ठूलो हार बेहोर्दै जर्मन कपबाट बाहिरिएको हो।

बायर्नले बोरुसिया मोन्छेनग्लाडबाखसँग ५–० गोलको हार बेहोरेको हो। खेलमा ग्लाडबाखले पहिलो दुई मिनेटमै अग्रता बनाएको थियो भने २१ मिनेटमै ३–० गोलको अग्रता बनायो।

बायर्नले खेलमा अधिक समय बल नियन्त्रण बनाए पनि उसले गोल गर्न सकेन। यता छ पटक मात्रा बायर्नको पोस्टमा प्रहार गरेको ग्लाडबाखले ५ गोल गर्‍यो।

ग्लाडबाखका लागि रामी बेन्सेबानी र ब्रिल एम्बोलोले समान दुई–दुई गोल गरे। त्यसबाहेक खेलको दोस्रो मिनेटमा कोउडिओ कोनेले एक गोल गरे। पहिलो हाफमा ग्लाडबाखले तीन गोल गर्‍यो भने दोस्रो हाफमा उसले दुई गोल थप्यो।

दोस्रो हाफमा दुवै गोल एम्बोलोले गरे। उनले पहिलो गोल ५१औं मिनेटमा गरे भने दोस्रो गोल ५७ औं मिनेटमा गरे। यससँगै जुलियन नागेल्समेनको टिमले ८५ खेलमा गोल स्कोर गरेर स्कोरिङको शृंखलामा विराम लगाएको छ।

यता कोभिड पोजेटिभ देखिएपछि नागेल्समेन भने आइसोलेसनमा छन्। बायर्नल पछिल्लो पटक ४३ वर्षअघि पाँच गोलभन्दा धेरैले हार बेहोरेको थियो। त्यतिबेला उसले फोर्टुना डुसेलडोर्फसँग ७–१ गोलको हार बेहोरेको थियो।

त्यस्तै, उसले १९७६ मा साल्कासँग उसले ७–० गोलको हार बेहोरेको थियो। तर सलले २० पटक उपाधि जितेको जर्मन कपमा उसले यो पटक नै सबैभन्दा ठूलो हार बेहोरेको हो।

प्रकाशित: Oct 28, 2021| 09:26 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।