बुधबार, भदौ ३, २०८३

सिद्धार्थनगरमा घनश्याम भुसालका स्वकीय सचिव पराजित

एमाले उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने सिद्धार्थनगर नगरपालिकामा एमालेको प्रथम नगर अधिवेशनबाट अर्का उपमहासचिव विष्णु पौडेल निकट चक्रबहादुर थापा विजयी भएका छन्।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

बुटवल- एमाले उपमहासचिव घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने सिद्धार्थनगर नगरपालिकामा एमालेको प्रथम नगर अधिवेशनबाट अर्का उपमहासचिव विष्णु पौडेल निकट चक्रबहादुर थापा विजयी भएका छन्।

उपमहासचिवद्वय निकटका नेताले छुट्टाछुट्टै प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उतारेका थिए। तर, भुसाल निकट थानेश्वर पौडेल १०४ मत अन्तरले पराजित भएका हुन्। २३६ मतदाता रहेको सिद्धार्थनगर नगरपालिकामा २२३ मत खसेको थियो। जसमा थापाले १६१ र पौडेलले ५७ मत प्राप्त गरे।

अधिवेशनबाट नगर कमिटीको उपाध्यक्षमा अर्जुनकुमार गिरी निर्वाचित भएका  छन्। उनले १८७ मत प्राप्त गरे भने प्रतिस्पर्धी लक्ष्मी केसीले ३४ मत पाइन्।

सचिवमा पौडेल निकट नारायण भण्डारीले भुसालका स्वकीय सचिव मनोजकुमार रिजाललाई १५४ मतले पराजित गरे।

तीन पदमा दुई उपमहासचिव निकटका नेताहरुबीच प्रतिस्पर्धा भएपछि चुनावमार्फत नेतृत्व चयन भएको हो। जसमा पौडेल निकट नेता नै विजयी भएका छन्।  नगर कमिटीको उपसचिवमा कुमार गुरुङ र माया कँडेल विजयी भए भने अन्य पदहरुमा सर्वसम्मत भएको छ।

- न्युज कारखाना

प्रकाशित: Oct 28, 2021| 08:35 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।