सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • डिपाय पेनाल्टीमा चुक्दा बार्सिलोना पराजित, रियल मड्रिड बराबरीमा रोकियो

डिपाय पेनाल्टीमा चुक्दा बार्सिलोना पराजित, रियल मड्रिड बराबरीमा रोकियो

स्पेनिस शीर्ष डिभिजन फुटबल लिग ला लिगामा बार्सिलोना फेरि पराजित भएको छ।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- स्पेनिस शीर्ष डिभिजन फुटबल लिग ला लिगामा बार्सिलोना फेरि पराजित भएको छ। रियल भेल्लोकानोको मैदानमा बुधबार राति सम्पन्न खेलमा उसले घरेलु टिमसँग १–० गोलको हार बेहोरेको हो।

खेलको पहिलो हाफको २१औं मिनेटमा फल्काओ गर्सियाले गोल गरेपछि बार्सिलोना १–० गोलले पछि परेको थियो। तर, उसले दोस्रो हाफको ७३औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो।

बार्सिलोनाका मेम्फिस डिपायले पेनाल्टीमा गोल गर्न नसकेपछि उसले खेलमा बराबरी गर्न सकेन। र, पुरा तीन अंक भेल्लोकानोलाई सुम्पियो। 

यससँगै बार्सिलोनाले ला लिगामा लगातार दोस्रो हार बेहोरेको छ। पछिल्लो चरणमा उसले उपाधि दावेदार रियल मड्रिडसँग २–१ गोलको हार बेहोरेको थियो।

यता बुधबार रातिकै अर्को खेलमा रियल मड्रिड ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको छ। घरेलु मैदानमा रियलले ७५ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि पाहुना टिम ओसासुनाको पोस्टमा गोल गर्न सकेन।

यो बराबरीका बाबजुद रियल ला लिगाको शीर्षस्थानमा छ। रियलसँगै सेभियाको पनि समान २१ अंक छ। समान २१ अंक रहेका रियल सोसिडाड र रियल बेटिस क्रमशः तेस्रो र चौथो स्थानमा छन्।

बर्सिलोना भने अहिले नवौं स्थानमा झरेको छ। उसले १० खेलमा तीन हार र तीन बरारीका बाबजुद १५ अंक बनाएको छ।

प्रकाशित: Oct 28, 2021| 06:24 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।