सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • टी–२० विश्वकप : इंग्ल्यान्डको दोस्रो जित, नामिबियाले स्कटल्यान्डलाई हरायो

टी–२० विश्वकप : इंग्ल्यान्डको दोस्रो जित, नामिबियाले स्कटल्यान्डलाई हरायो

यूएई र ओमनमा जारी आईसीसी टी–२० विश्वकपमा इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको छ। अबुधावी रंगशालामा सम्पन्न खेलमा उसले बंगलादेशमाथि ८ विकेटको सानदार जित निकालेको हो।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं- यूएई र ओमनमा जारी आईसीसी टी–२० विश्वकपमा इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको छ। अबुधावी रंगशालामा सम्पन्न खेलमा उसले बंगलादेशमाथि ८ विकेटको सानदार जित निकालेको हो।

इंग्ल्यान्डको जितमा ज्यासन रोय प्लेयर अफ दि म्याच रहे। उनको ६१ रन सहयोगमा इंग्ल्यान्डले जित आफ्नो हात पारेको हो।

टस जितेर ब्याटिङ गरेको बंगलादेशले पुरा ओभर खेल्दै ९ विकेट गुमाएर १२४ रन बनाएको थियो। जवाफमा ३५ बल बाँकी रहँदै दुई विकेटको क्षतिमा इंग्ल्यान्डले १२५ रनको लक्ष्य १२६ रन बनाएर पुरा गर्‍यो।

पहिलो पारीमा बंगलादेशका ५ खेलाडीले मात्र जोर अंकमा रन बनाए। जहाँ मुस्फिकुर रहमानले सर्वाधिक २९ रन जोडे। बलिङतर्फ इंग्ल्यान्डका टायमल मिल्सले तीन विकेट लिए भने मोइन अली र लियम लिविंस्टोनले समान २–२ विकेट गिराए।

जवाफमा इंग्ल्यान्डका रोयले ६१ रन बनाउनु बाहेक जस बटल १८ र डविड मलनले २८ रन जोडे। बंगलादेशका शोरिफुल स्लाम र नसुम अहमदको नाममा १–१ विकेट रह्यो।

त्यस्तै, बुधबार राति नै भएको अर्को खेलमा स्कटल्यान्ड नामिबियासँग ४ विकेटले पराजित भएको छ। टस जितेर बलिङ गरेको नामिबियाले उत्कृष्ट पारी खेलेपछि स्कटल्यान्डले ९ विकेटको क्षतिमा १०९ रन बनाउन सकेको थियो।

जवाफमा ५ बल बाँकी रहँदै ६ विकेट गुमाएर नामिबियाले जित निकाल्यो। जेजे स्मिथले अन्तिममा विजयी छक्का प्रहार गर्दै ११६ रन बनाएका थिए। खेलमा प्लेयर अफ दि म्याच रुबिन ट्रुम्पेलमेन बने। नामिबियाका रुबिनले स्कटल्यान्डको ३ विकेट गिराएका थिए।

स्कटल्यान्डका लागि माइएल लिजले ४४ रन बनाए भने नामिबियाका जेजे स्मिथले ३२ रन जोडे।

यो जितसँगै नामिबियाले विश्वकपमा सुखद सुरुआत गरेको छ। यता, स्कटल्यान्डले भने सुरुआति दुवै खेलमा हार बेहोरेको छ।

त्यस्तै, बंगलादेशले पनि सुरुआति दुवै खेलमा हार बेहोर्दा इंग्ल्यान्डले दुवै खेलमा जित निकालेको छ।

प्रकाशित: Oct 28, 2021| 07:32 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।