बुधबार, भदौ ३, २०८३

प्रहरी बर्दी लगाएर लुटपाट गर्ने एक जना पक्राउ

प्रहरी बर्दी लगाएर लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–७ वतनका ३० वर्षीय तिलक विक रहेका छन्।
 |  बिहीबार, कात्तिक ११, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ११, २०७८

सुर्खेत- प्रहरी बर्दी लगाएर लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–७ वतनका ३० वर्षीय तिलक विक रहेका छन्। उनको समूहले सोमबार सल्यानमा दिनदहाडै व्यापारीको तीन लाख रुपैयाँ लुटेको थियो। 

बाँकेको नेपालगञ्जबाट तरकारी खरिदका लागि सल्यान पुगेका सेराज हलुवाई विकको समूहले कपुरकोट गाउँपालिका–१ को कालापात्ला जंगलमा खुकुरी देखाएर लुटपाट गरेको थियो। 

रा१ख २३९१ नम्बरको मिनी ट्रकमा कपुरकोटबाट शीतलपार्टीतर्फ जाँदै गरेका हलुवाई प्रहरी बनेर विकले गाडी रोकेका थिए। ‘सशस्त्र र नेपाल प्रहरीको बर्दी लगाए चेकजाँच गर्नुछ भन्दै गाडी रोकेछ,’ सल्यानका डीएसपी गोविन्द थापाले भने, ‘गाडी रोकीएपछि खुकुरी देखाएर तीन लाख रुपैयाँ लुटेर भागे छन्।’ घटनापछि पीडितले प्रहरीलाई खबर गरेका थिए।

खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरी टोलीले विकलाई रोल्पाको रुन्टिगडी गाउँपालिका–८ गर्पाखोलाबाट पक्राउ गरेको हो। पक्राउ परेका सल्यान ल्याएको उनलाई अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान थालेको सल्यान प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको छ।

प्रकाशित: Oct 28, 2021| 07:09 बिहीबार, कात्तिक ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।