हाल देशभर वर्षा भइरहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा भइरहेको हो। यसका साथै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ।
बैतडी र दार्चुलामा गए रातिदेखि हिमपात भइरहेको छ। बैतडीको अनारखोली, खोड्पे, सतबाँझ श्रीभावर, गाँजरी, बाजपानी, ढोल्यामोड र देहिमाडौँ तथा दार्चुलाको ब्याश, राप्ला, घुसा र खण्डेश्वरीमा हिमपात भएको छ।
डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका उच्च भेगमा मङ्गलबार रातिदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण भीमदत्त राजमार्ग र जयपृथ्वी राजमार्ग गए रातिदेखि अवरुद्ध बनेका छन्।
काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। ती महिलामाथि पटक–पटक गरी विभिन्न समयमा बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ दरखास्तमा सवारी दुर्घटना हुँदा बाणगंगा नगरपालिका १ पिपराका अनुराग पाण्डेको मृत्यु भएको हो।
सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा बुधबार बिहानैदेखि हिमपात सुरु भएको छ। डडेल्धुरा, बैतडि बझाङल, दार्चुला, डोटीलगायत पहाडि जिल्लाका उच्च क्षेत्रमा हिमपात भइरहेको हो।
देशभर वर्षा भएसँगै उच्च पहाडि तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शिक्षकका लागि ठूलो संख्यामा विज्ञापन खुलेको छ। शिक्षक सेवा आयोगले प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा गरी १७ हजारभन्दा बढी शिक्षका लागि दरर्खास्त आह्वान गरेको छ। आयोगका अनुसार प्राथमिक तहका लागि...