शुक्रबार, माघ २, २०८२

सलाह पेनाल्टीमा चुक्दा ईपीएलमा लिभरपुलको हार

लेस्टर सिटीको एडेमोला लुकमनले एक मात्र गोल गरेको खेलमा लेस्टर सिटीले लिभरपुलविरुद्ध जित निकालेको हो।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं- इंग्लिस प्रिमियर लिग ईपीएलम लिभरपुल पराजित भएको छ। लेस्टर सिटीको एडेमोला लुकमनले एक मात्र गोल गरेको खेलमा लेस्टर सिटीले लिभरपुलविरुद्ध जित निकालेको हो।

National life

मंगलबार रातिको हारसँगै लिभरपुल अहिले शीर्षस्थानको म्याचनेस्टर सिटीभन्दा छ अंकले पछि परेको छ। लिभरपुलले पहिलो हाफमा सबैभन्दा ठूलो एक अवसर गुमायो। खेलको १५औं मिनेटमा मोहम्मद सलाहले प्रहार गरेको पेनाल्टी गोलकिपर कास्पर समरसलले बचाएका थिए।

त्यसपछि योर्गेजन क्लोपको टिमका फरवार्ड साडियो मानेले पनि दुई अवसर गुमाएका थिए। लिभरपुल ५९औं मिनेटमा एक गोलले पछि पर्नुअघि लिभरपुलले गुमाएका यी तीन सुनौला अवसर थिए।

एभर्टनका पूर्वफरवार्ड लुकमनले, मैदान टेकेपछिको आफ्नो चौथो चटमै गोल गरेका थिए। उनले कियर हल्सको पासमा  गोल गरेका हुन्। लेस्टको त्यो मात्रए एक पोस्टको लक्ष्यमा गरिएको प्रहार थियो।

त्यो नै सफल रह्यो। लिभरपुलले ६४ प्रतिशत समय बलमा नियन्त्रण बनाएर लेस्टरको पोस्टतर्फ २१ प्रहार गरे पनि त्यो सफल हुन सकेको थिएन।

Laxmi sunrise bank
kumari

यता लेस्टर यो सिजनमा दुईमात्र खेल जितेको  छ। उ अहिले नवौं  स्थानमा उक्लिएको छ। लिभरपुलले भने यो सिजनको  दोस्रो खेल हारेको हो।

मंगलबार रातिकै अर्को खेलमा क्रिस्टल प्यालेसले नर्विच सिटीलाई हराएको छ। त्यस्तै, टोटेनहम हट्स्परले साउथह्याम्टनसँग १-१ गोलको बराबरी गरेको छ।

प्रकाशित: Dec 29, 2021| 09:25 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।