मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार आरोपमा सात जना पक्राउ

नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार आरोपमा सात जना पक्राउ

काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। ती महिलामाथि पटक–पटक गरी विभिन्न समयमा बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं- काठमाडौंको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कार आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। ती महिलामाथि पटक–पटक गरी विभिन्न समयमा बलात्कार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

मंगलबार पीडित महिलाका आफन्तले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए। आफन्तको उजुरीपछि प्रहरीले उनीहरूलाई बसपार्कका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

परिसरका एसएसपी सुदीप गिरीले पीडितले उजुरीपछि सीसीटीभी फुटेजको आधारमा घटनामा संलग्‍नहरूलाई प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन्। घटनामा संलग्‍न अन्य दुई जना फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

पीडित महिलाको उमेर करिब ३२ वर्ष रहेको बताइएको छ। महिलाको स्वास्थ्यवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 29, 2021| 09:35 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।