सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानमा महिला मन्त्रालय नजिकै प्रदर्शनकारीहरूमाथि गोली चल्यो

अफगानिस्तानमा महिला मन्त्रालय नजिकै प्रदर्शनकारीहरूमाथि गोली चल्यो

रुसी सञ्चारमाध्यमले उद्धृत गर्दै जनाए अनुसार तालिबानले प्रदर्शनलाई रोक्न वा दबाउनका लागि प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काबुल- तालिबानले मङ्गलबार काबुलमा महिला मामिला मन्त्रालय रहेको भवन नजिकै 'रोजगारी, खाना र स्वतन्त्रता' को माग गर्दै आएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको छ। रुसी सञ्चारमाध्यमले उद्धृत गर्दै जनाए अनुसार तालिबानले प्रदर्शनलाई रोक्न वा दबाउनका लागि प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो।

National life

आन्दोलनकारीका अनुसार मङ्गलबार महिलाहरू ‘रोजगारी, खाना र स्वतन्त्रता’ को माग गर्दै आन्दोलनमा उत्रिएका हुन्। हालसम्म कुनै हताहती नभएको स्पुतनिकले जनाएको छ।

अफगानिस्तानको इस्लामिक इमिरेट्सले महिला मामिला मन्त्रालयलाई विघटन गरेको थियो र यसको स्थानमा सदाचार प्रवर्द्धन र दुराचार रोकथाम मन्त्रालय राखेको खामा प्रेसले उल्लेख गरेको छ।

गत बिहीबार तालिबानले शान्ति मामिला मन्त्रालय, संसदीय मामिला मन्त्रालय, स्वतन्त्र निर्वाचन आयोग र स्वतन्त्र निर्वाचन उजुरी आयोगलगायत धेरै मन्त्रालय र निर्वाचन निकायहरू विघटन गर्ने निर्णय गरेको थियो।

प्रकाशित: Dec 29, 2021| 00:00 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।