काठमाडौं- देशभर वर्षा भएसँगै उच्च पहाडि तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
वर्षा भएसँगै देशभर चिसोसमेत बढेको छ। आज बिहानैबाट काठमाडौंमा पनि वर्षा भइरहेको छ। बिहीबार बिहानसम्मै वर्षा हुने महाशाखाको पूर्वानुमान छ।
काठमाडौंमा दिउँसो केही समय वर्षा रोकिएर पुनः पानी पर्न सुरु हुने महाशाखाको भनाइ छ। वर्षा भएसँगै आज बिहान ६ बजे काठमाडौंको तापक्रम ८.६ डिग्री सेल्सियस रहेको छ। पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम अझै न्यून हुनसक्ने महाशाखाले पूर्वानुमान गरेको छ।