काठमाडौं- देशभर वर्षा भएसँगै उच्च पहाडि तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ। देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसले गर्दा देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुन सक्रिय भएसँगै यतिबेला काठमाडौंमा पनि वर्षा भइरहेको छ। काठमाडौंमा वर्षासँगै चन्द्रागिरिमा हिमपात सुरु भएको छ। चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले चन्द्रागिरीमा हिमपात सुरु भएको जानकारी दिएका हुन्।
वर्षा र हिमपात भएसँगै देशभर चिसो बढेको छ। चिसो बढेसँगै उच्च स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ।