मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा बिहान ९ बजेसम्म १० दशमलव ७ मिलिलिटर वर्षा

काठमाडौंमा बिहान ९ बजेसम्म १० दशमलव ७ मिलिलिटर वर्षा

हाल देशभर वर्षा भइरहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा भइरहेको हो। यसका साथै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं- हाल देशभर वर्षा भइरहेको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर वर्षा भइरहेको हो। यसका साथै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पौने ९ बजेसम्म देशका अधिकांश जसो स्थानमा वर्षा भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १० दशमलव ७ मिलिलिटर वर्षा भएको छ। 

महाशाखाका अनुसार सिमरामा सबैभन्दा धैरै वर्षा भएको छ। सिमरामा पछिल्लो २४ घन्टामा १३ मिलिमिटर वर्षा भएको हो।

यस्तै भैरहवामा र डडेल्धुरामा पनि भारी वर्षा भएको छ। भैरहवामा १२ दशमलव ६ र डडेल्धुरामा १२ दशमलव २ मिलिलिटर वर्षा भएको छ। 

काठमाडौंको बिहान पौने ९ बजेको न्यूनतम तापक्रम ७.७ रहेको महाशाखाले जनाएको छ। यस्तै सबैभन्दा कम तापक्रम जुम्लाको रहेको छ। जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्रीमा झरेको छ।

प्रकाशित: Dec 29, 2021| 10:05 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।