सोमबार, फागुन २५, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • म्यानमार नरसंहारमा दुई कर्मचारीको मृत्यु भएको सेभ द चिल्ड्रेनद्वारा पुष्टि

म्यानमार नरसंहारमा दुई कर्मचारीको मृत्यु भएको सेभ द चिल्ड्रेनद्वारा पुष्टि

सेभ द चिल्ड्रेनले शनिबार पूर्वी म्यानमारमा ३० भन्दा बढी मानिसको अवशेष फेला परेपछि हराएका आफ्ना दुई कर्मचारीको त्यहीँ हत्या भएको पुष्टि गरेको छ।
 |  बुधबार, पुस १४, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस १४, २०७८

काठमाडौं- सेभ द चिल्ड्रेनले शनिबार पूर्वी म्यानमारमा ३० भन्दा बढी मानिसको अवशेष फेला परेपछि हराएका आफ्ना दुई कर्मचारीको त्यहीँ हत्या भएको पुष्टि गरेको छ। 

National life

राष्ट्रसंघीय परोपकारी संस्थाले भनेको छ, 'हामीले आज पुष्टि गरिरहेका छौं कि मृत भेटिएका महिला र बालबालिकासहित कम्तीमा ३५ मध्ये सेभ द चिल्ड्रेनका दुई कर्मचारी सदस्यहरू रहेको बुझिएको छ।'

यही डिसेम्बर २४ अर्थात् गत शुक्रबार कायाह राज्यमा म्यानमार सेनाको नरसंहारमा उनीहरूसमेत परेका हुन्। 

यसै बर्षको फेब्रुअरी १ देखि म्यानमारको सेनाले नेत्री आङसाङ सुकीको निर्वाचित सरकारलाई निलम्बन गरी सत्ता सम्हालेपछि आन्दोलनरत विपक्षी र सुरक्षाकर्मीबीचको झडपहरूमा परी सयौँ नागरिकले ज्यान गुमाएका छन्। यद्यपि गत शुक्रबारको नरसंहारलाई सेनाबाट भएको कहालीलाग्दो घटनाका रूपमा विश्व समुदायले हेरेको छ।  

सहर नजिकैको एउटा राजमार्गमा दुईवटा जलिरहेको ट्रक र एउटा कारभित्र दर्जनौँ लास भेटिएका थिए। घटनालाई स्थानीय जुन्ता विरोधी लडाकू र अनुगमन समूहले त्यस क्षेत्रका विद्रोहीसँग झडप भएपछि जन्टा फौजले एचप्रुसोमा आक्रमण गरी उनीहरूलाई जिउँदै जलाएको आरोप लगाएका छन्।

Laxmi sunrise bank
kumari

सेभ द चिल्ड्रेनले घटनामा नजिकैको समुदायमा मानवीय सहयोगका लागि पुगेका आफ्ना दुई कर्मचारी परेका बताएको हो। 

प्रकाशित: Dec 29, 2021| 00:30 बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।