'आतंकवाद विरोधी अभियानको शुरुवातदेखि नै अवैध कार्य, लुटपाट र अन्य अपराधमा संलग्न २,७४८ जनालाई पक्राउ गरिएको छ। समग्रमा १३१ थान हतियार र ४,१७९ राउण्ड गोली पनि बरामद गरिएको छ,' उनले...
बढ्दो कोरोना ग्राफ, खोपको अवस्था र कोरोना नियन्त्रणका लागि भइरहेको प्रयासबारे बुझ्न मधेस प्रदेशको राजधानी जनकपुर पुगेका स्वास्थ्यमन्त्री खतिवडाले मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतसँगको छलफलमा...
‘कोरोना संक्रमण बढेपछि मेला रोक्न भनेर पुस २ गते नै जिल्ला प्रशासनले पत्र दिएको थियो तर अटेर गरेर मेला जारी राखे। यो घटनाको जिम्मा गाउँपालिका र बर्जु विकास केन्द्रले लिनुपर्छ।’
बिजुली बत्ती अभावमा यहाँ सरकारी कामकाजदेखि स्थानीयवासीलाई समस्या भएको छ। नेपाल विद्युत् प्राधिकरणले पालिकामा राष्ट्रिय प्रशारणको विद्युत् सेवा विस्तारका लागि दुई वर्ष अघि बोलपत्र आह्वान गरेको थियो।
स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ५३६ जनाको नमूना परीक्षण गर्दा ४८८ मा सङ्क्रमण पुष्टि भएको हो। तीमध्ये पीसीआर विधिबाट परीक्षण गर्दा २५७...
कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा कोभिड– १९ पुष्टि भएको कार्यालयले जनाएको छ। कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक बाहेक अन्य सेवा आगामी माघ नौ गतेसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी...
बढ्दो कोभिड–१९ सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी काठमाडौं उपत्यकाकामा सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, मास्क नलाएका यात्रीलाई रु पाँचमा मास्क उपलब्ध गराउन प्रशासनले आदेश जारी गरेको छ।
बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जंगली हात्तीको आक्रमणबाट बच्न रातभर जाग्राम बस्न थालेका छन्। उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन्। तर राति पनि उनीहरु...
राष्ट्रिय उपभोक्ता मञ्चले कोभिड-१९ को निःशुल्क परीक्षण हुनुपर्ने माग गरेको छ। मञ्चले मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्र पठाउँदै कोभिडको पीसीआर तथा एन्टीजेन परीक्षण निःशुल्क गर्न माग गरेको हो।
१५६ कर्मचारीले तोकिएको पोसाक नलगाएको फेला परेको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिए। हालै सरुवा भएर जल तथा ऊर्जा आयोगको सचिवालयमा जान लाग्नुभएका सचिव घिमिरेले चालु आर्थिक वर्षमा केन्द्रले गरेका...
वीरगंजमा राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु भएको छ। वीरगंजको आदर्शनगर रंगशालास्थित मंगलबारदेखि सुरु भएको चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपाली सेनाले ५ गोल गरि सान्दार सुरुवात गरेको...
अधिवेशनबाट उपाध्यक्ष बिपी गौतम, महिला उपाध्यक्षमा भगवती पाण्डे, सचिवमा केशव भण्डारी, सहसचिवद्वयमा दिपक न्यौपाने र रविन्द्र गुप्ता तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्।
फागुन ३ मा प्रदेश सरकार गठनको चार वर्ष पूरा हुँदैछ। यसबीचमा प्रदेशले तीन जना मुख्यमन्त्री पायो। तर सरकारको प्राथमिकतामा नामाकरण पर्न नसक्दा नाम नै नदिइ प्रदेशसभाको कार्यकाल सकिने हो की...
नेपाली राष्ट्रिय फुटबल टिमको अभ्यास मंगलबारबाट सुरु भएको छ। फिफा विन्डोमा हुने दुई मैत्रीपूर्ण खेलका लागि सातादोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा बन्द प्रशिक्षण सुरु भएको हो।