काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत थोमस प्रिन्जले परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेका छन्।
त्यस अवसरमा उहाँहरूबीच विकास सहयोग, व्यापार, लगानी र द्विपक्षीय सम्बन्धका विविध विषयमा विचार आदानप्रदान भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्री खड्काले कोभ्याक्स सुविधामार्फत ४१ लाख मात्रा कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएकामा जर्मनीप्रति कृतज्ञता व्यक्त गरेका छन्।