बुटवल- प्रेस चौतारी नेपाल रुपन्देही अध्यक्षमा लक्ष्मण पौडेल चयन भएका छन्। सातौं अधिवेशनले पौडेलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो।
अधिवेशनबाट उपाध्यक्ष बिपी गौतम, महिला उपाध्यक्षमा भगवती पाण्डे, सचिवमा केशव भण्डारी, सहसचिवद्वयमा दिपक न्यौपाने र रविन्द्र गुप्ता तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन्।
त्यस्तै सदस्यहरुमा टिका खरेल, विकास पराजुली, विष्णु घिमिरे, रमेश पराजुली, पोषकान्त पोखरेल, कृष्ण पाण्डे, अस्मिना पाण्डे, बिन्दु भट्टराई, वसन्तराज बराल, डिबी सुस्लिङ, नरेश चौधरी, रामबहादुर गुरुङ, विष्णु खत्री, छायां पन्थ आचार्य, सुमित्रा चापागाईं, मनु गुरुङ, शान्ति सुनार र मोहम्मद हविव लगायत निर्वाचित भएका हुन। कोरोना महामारीका कारण सिमित संख्यामा उपस्थित भएर अधिवेशन गरिएको थियो।