आइतबार, जेठ १७, २०८३

‘हात्तीको त्रासले रातभर सुत्‍नै पाइएन’

बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जंगली हात्तीको आक्रमणबाट बच्‍न रातभर जाग्राम बस्‍न थालेका छन्। उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन्। तर राति पनि उनीहरु सुत्‍न पाउँदैनन्। हात्तीको त्रासले रातभर जाग्राम बस्‍ने गरेका छन्।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

झापा- बुद्धशान्ति गाउँपालिका–३ का बासिन्दा जंगली हात्तीको आक्रमणबाट बच्‍न रातभर जाग्राम बस्‍न थालेका छन्। उनीहरु दिनभर नजिकैको आदर्श नमूना सामुदायिक वनमा बस्छन् भने रात परेपछि बस्तीमा फर्किन्छन्। तर राति पनि उनीहरु सुत्‍न पाउँदैनन्। हात्तीको त्रासले रातभर जाग्राम बस्‍ने गरेका छन्। 

National life

जंगली हात्तीले स्थानीयको घर भत्काउनुका साथै अन्नबाली, करेसाबारीको सागपात, फूलफूललगायत खाइदिँदा उनीहरु हात्तीबाट बाली जोगाउन र आफू बाँच्न सधैँजसो राति जाग्राम बस्न थालेका हुन्। स्थानीय प्रकाश लुइँटेल किनेर घरमा राखेको ३० मन धान हात्तीले नष्ट गरेपछि अब के खाने भनेर चिन्तामा छन्। 

जंगली हात्तीबाट ज्यान जोगाउन कठिन हुँदै गएको स्थानीय माया उप्रेतीले बताए। 'सुत्‍न पाएका छैनौं, बालीको संरक्षण गर्न धौ-धौ परेको छ,' उनले रुँदै भने, 'बिहान कलेज गएका छोराछोरीलाई हात्तिले बाटौमै मार्छ कि भन्ने पीर छ। कम्तीमा वन र स्थानीय तहले ठाउँठाउँमा गस्ती मात्रै गरेको भए पनि राहत हुने थियो।' गाउँमा हात्ती पसेको थाहा पाएपछि घरघरमा आगो बाल्ने र थाल ठटाउँदै भगवानको नाम जपेर बस्नु बाहेक अर्को विकल्प नभएको उप्रेतीको भनाइ छ। 

डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले बुद्धशान्ति, कचनकवल गाउँपालिका, मेचीनगर र विर्तामोड नगरपालिकाका केही क्षेत्रमा जङ्गली हात्तीले दुःख दिइरहेको बताए। विगतमा समूहमा हिँड्ने हात्ती यसपटक छरिएर हिँडेका कारण जिल्लामा धरै अन्नबालीमा क्षति पुगेको उनको भनाइ छ। 

सीमित जनशक्ति र साधनका कारण जीउधनको सुरक्षा गर्न समस्या भइरहेको उनले बताए। साइरन जडान गरिएको एउटा मात्र गाडी भएका कारण समयमै पुग्‍न भने समस्या भएको मास्केको भनाइ छ। 

Shivam cement

हात्तीलाई गाउँ पस्‍नबाट रोक्नका लागि केही सामुदायिक वनले वन परिसरमै केरा र बाँसको खेती गरेका थिए। तर हात्तीले हुर्कनै नदिई गुभो नै खाइदिएका कारण सबै सखाप भएको छ।  

प्रकाशित: Jan 18, 2022| 21:40 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।