आइतबार, वैशाख १६, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • वीरगंजमा महिला हक्की : मधेश प्रदेशको खाता नै खुलेन, नेपाली सेना ५ गोलले विजयी

वीरगंजमा महिला हक्की : मधेश प्रदेशको खाता नै खुलेन, नेपाली सेना ५ गोलले विजयी

वीरगंजमा राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु भएको छ। वीरगंजको आदर्शनगर रंगशालास्थित मंगलबारदेखि सुरु भएको चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपाली सेनाले ५ गोल गरि सान्दार सुरुवात गरेको छ।
 |  मंगलबार, माघ ४, २०७८

जियालाल साह

जियालाल साह

मंगलबार, माघ ४, २०७८

वीरगंज- वीरगंजमा राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु भएको छ। वीरगंजको आदर्शनगर रंगशालास्थित मंगलबारदेखि सुरु भएको चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा नेपाली सेनाले ५ गोल गरि सान्दार सुरुवात गरेको छ। 

triton college

नेपाल हक्की संघ सानो पाइलासँगको सहकार्यमा आयोजना गरिएको प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले मधेश प्रदेशलाई शून्य गोलका विरुद्ध ५ गोलले पराजित गरी विजयी सुरुवात गरेको हो।  

प्रतियोगिताको सुरुवाती खेलको ११ मिनेटमै नेपाली सेना जर्सी नं. ३ का कमला चन्दले पहिलो गोल गरेर खाता खोलेकी थिइन् भने खेलको २२ औं मिनेटमा नेपाली सेनाकै जर्सी नं. ६ सिमा खड्काले दोस्रो गोल गरेकी थिइन्। 

यस्तै, खेलको २५ औं मिनेटमा सेनाकै जर्सी नं. १० सीता माया बाल, ४१ औं मिनेटमा जर्सी नं. १४ निलिमा पाण्डे र ५८ औं मिनेटमा जर्सी नं. १० कै सीता माया बालले व्यक्तिगत दोस्रो र टिमको लागि पाँचौ गोल गरेकी थिईन्। मधेश प्रदेशका अथक प्रयाका बाबजुद पनि नेपाली सेनाको समूहले खाना पनि खोल्न दिएनन्। 

प्रतियोगितामा ६ वटा समूहको सहभागिता रहेको छ। फाइनल खेल भने माघ ८ गते हुनेछ। 

corrent noodles
Metro Mart

 


प्रकाशित: Jan 18, 2022| 20:30 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।