आइतबार, जेठ १७, २०८३

कलाकार नआएपछि सुनसरीको बर्जु महोत्सवमा तोडफोड र आगजनी

सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ। दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

सुनसरी- सुनसरीको बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी भएको छ। दर्शकको भीडले बर्जु महोत्सव स्थलमा तोडफोड र आगजनी गरेको छ। 

National life

आयोजकले बोलाएको कलाकार नआएपछि बर्जु तालको छेउमा लगाइएको महोत्सव स्थलमा कार्यक्रम हेर्न पुगेका दर्शकको भीडले तोडफोड गरेको हो। 

महोत्सव आयोजकले कार्यक्रम स्थलमा मंगलबारको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुती तय गरेको थियो। कार्यक्रममा कलाकार नआएपछि आक्रोशित बनेको भिड तोडफोड र आगजनीमा उत्रिएका थिए। 

तोडफोडमा उत्रिएकाहरुले चारवटा भारतीय सवारी साधनमा पनि आगजनी भएको छ। भिड अनियन्त्रित बनेपछि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको सुनसरी प्रहरीले जनाएको छ। 

कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले बिराटनगरमै रोकेपछि कार्यक्रम हेर्न भेला भएको भीड तोडफोडमा उत्रिएको हो। 

Shivam cement

पुस २३ गतेबाट महोत्सव संचालनको इजाजत दिएको प्रशासनले कोरोना संक्रमण बढ्न थालेसँगै २७ गते महोत्सव बन्द गर्न परिपत्र गरेको थियो। प्रशासनको निर्देशन बेगर आयोजकले भारतीय कलाकारको प्रस्तुति तय गरी टिकट बिक्री गरेको थियो।

सुनसरी प्रशासनले कोरोनाका कारण महोत्सव रोक्न भनिएकोमा आयोजकले अटेर गरेका कारण कलाकार हेर्न उर्लिएको भीड आक्रोसित बन्दा पछिल्लो घटना सृजना हुन पुगेको बताएको छ। 

प्रकाशित: Jan 18, 2022| 19:49 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।