आइतबार, जेठ १७, २०८३

खेसरीलाल नआएपछि बर्जु मेलामा तोडफोड र आगजनी

‘कोरोना संक्रमण बढेपछि मेला रोक्न भनेर पुस २ गते नै जिल्ला प्रशासनले पत्र दिएको थियो तर अटेर गरेर मेला जारी राखे। यो घटनाको जिम्मा गाउँपालिका र बर्जु विकास केन्द्रले लिनुपर्छ।’
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

विराटनगर–  सुनसरीको बर्जु गाउँपालिकाले आयोजना गरेको महोत्सवमा मंगलबार आगजनी र तोडफोड गरिएको छ। बर्जु सामुदायिक विकास केन्द्रसमेत सहआयोजक रहेको महोत्सवमा आगजनीबाट नम्बर नखुलेको ४ वटा स्कारपियो, १ सिटी सफारी, एक मोटरसाइकल र १ साइकलमा आगजनी भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। 

National life

भारतीय कलाकार खेसरीलाल यादव नल्याएको विरोधमा तोडफोड गरिएको बताइएको छ। उच्छृङ्खल समूहले १ हजार वटा प्लास्टकको कुर्सी, स्टेज साउन्ड सिस्टम २ थान र २ वटा जेनेरेटरमा पनि पूर्ण क्षति पुर्‍याएका छन्। 

पुस २२ गतेदेखि सञ्चालन भएको बर्जुमा कोरोनाको ओमिक्रोन भेरिएन्ट संक्रमणलाई दृष्टिगत गर्दै सुनसरी जिल्ला प्रशासनले पुस २७ मा भीडभाडको कार्यक्रममा प्रतिबन्धसहितको आदेश जारी गरेको थियो। गाउँपालिकाले प्रशासनको आदेशविपरीत महोत्सव जारी राखेको बेला मंगलबार गाउँपालिकाले भारतीय कलाकार नल्याएको भन्दै तोडफोड र आगजनी गरेको प्रजिअ यादवले बताए। 

‘कोरोना संक्रमण बढेपछि मेला रोक्न भनेर पुस २ गते नै जिल्ला प्रशासनले पत्र दिएको थियो तर अटेर गरेर मेला जारी राखे। यो घटनाको जिम्मा गाउँपालिका र बर्जु विकास केन्द्रले लिनुपर्छ।’

आयोजक गाउँपालिका र बर्जु सामुदायिक विकास केन्द्रले भारतीय भोजपुरी कलाकार खेसरीलाल यादव ल्याउने प्रचार गरेर ३ सयदेखि ५ सय रुपैयाँको टिकट बिक्री गरेका थिए। ती कलाकार नआएपछि सहभागीहरु आक्रोशित भएर आगजनी र तोडफोड गरेका हुन्। यादवले भने, ‘कोरोना संक्रमण बढेपछि मेला रोक्न भनेर पुस २ गते नै जिल्ला प्रशासनले पत्र दिएको थियो तर अटेर गरेर मेला जारी राखे। यो घटनाको जिम्मा गाउँपालिका र बर्जु विकास केन्द्रले लिनुपर्छ।’

मेलामा करिब १० हजार दर्शक उपस्थित भएको बेला हुलदंगा भएपछि प्रहरीतर्फ पनि इलाका प्रहरी कार्यालय दुहबीको बा १ झ १४१२ नम्बरको स्कारपियो पिकअप गाडीमा क्षति हुनुका साथै २ जना प्रहरी पनि घाइते भएका थिए। प्रहरीले भीड तितरबितर गर्न १५ सेल अश्रुग्यास प्रहार गरेको थियो।

Shivam cement

प्रकाशित: Jan 18, 2022| 23:12 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।