सोमबार, फागुन १८, २०८२

जिल्ला र इलाका प्रशासनको सेवा स्थगित

कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा कोभिड– १९ पुष्टि भएको कार्यालयले जनाएको छ। कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक बाहेक अन्य सेवा आगामी माघ नौ गतेसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

परासी- कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको छ। 

कार्यालयमा कार्यरत प्रशासकीय अधिकृतसहित दुई जना कर्मचारीमा कोभिड– १९ पुष्टि भएको कार्यालयले जनाएको छ। कार्यालयबाट प्रवाह गरिने अत्यावश्यक बाहेक अन्य सेवा आगामी माघ नौ गतेसम्म स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

नागरिकता, नागरिकता प्रतिलिपि, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा स्थगित गरिएको उनले बताए। जिल्ला प्रशासन कार्यालयमा दैनिक दुई-तीन सय सेवाग्राही नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र बनाउनका लागि आउने गरेका छन्। 

इलाका प्रशासन कार्यालय सेमरीलेसमेत अत्यावश्यक सेवा स्थगित गरेको छ। कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएकोले आगामी माघ ९ गतेसम्म सेवा प्रवाह स्थगित गरिएको कार्यालय प्रमुख मनोज सुवेदीले जानकारी दिए।

पछिल्लो पटक जिल्लामा कोराना सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएको छ। स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा १०० जना सक्रिय सङ्क्रमित रहेका छन्। 

kumari

प्रकाशित: Jan 18, 2022| 22:20 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।