बिहीबार, साउन ७, २०८३

साउदी नेतृत्वको सेनाद्वारा यमनको राजधानीमा हवाई हमला

साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ। सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन्।
 |  बुधबार, माघ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ ५, २०७८

रियाद- साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ। सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन्। 

यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते पनि भएका छन्।

हुथीहरुको बाहुल्यता रहेको यमनको राजधानी सानामा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगत लामो समयदेखि हवाई हमला गर्दै आएको छ। 

सोमबारको सो आक्रमण पनि हुथीहरुलाई लक्ष्य गरेर गरिएको थियो। त्यस क्रममा उनीहरुका कैयौँ आश्रयस्थल भत्काइदिएको बताइएको छ।

प्रकाशित: Jan 19, 2022| 00:05 बुधबार, माघ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।