आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • फुटबल टिमको अभ्यास सुरु : अब्दुल्लाहले नयाँ खेलाडीलाई पनि मौका दिने

फुटबल टिमको अभ्यास सुरु : अब्दुल्लाहले नयाँ खेलाडीलाई पनि मौका दिने

नेपाली राष्ट्रिय फुटबल टिमको अभ्यास मंगलबारबाट सुरु भएको छ। फिफा विन्डोमा हुने दुई मैत्रीपूर्ण खेलका लागि सातादोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा बन्द प्रशिक्षण सुरु भएको हो।
 |  मंगलबार, माघ ४, २०७८

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, माघ ४, २०७८

काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमको अभ्यास मंगलबारबाट सुरु भएको छ। फिफा विन्डोमा हुने दुई मैत्रीपूर्ण खेलका लागि सातादोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा बन्द प्रशिक्षण सुरु भएको हो।

National life

अब नेपालले आउँदा जनवरी २९ र फेब्रुअरी २ तारिखमा नेपालकै दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ। त्यही खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण थालेका हुन्। राष्ट्रिय टिमका नियमित केही खेलाडीलाई चोट लागेपछि केही नयाँ खेलाडीले पनि अवसर पाएका छन्। त्यस्तै, फरवार्ड विमल घर्तिमगर पनि चोटपछि मैदानमा फर्किएका छन्।

यता, यो सिजन आर्मीबाट लिग खेलिरहेका फरवार्ड जगजित श्रेष्ठले पनि राष्ट्रिय टिममा अवसर पाएका छन्। आर्मीकै मिडफिल्डर सन्तोष तामाङ घाइते भएपछि जगजित टिममा परेका थिए।

अहिले ३५ खेलाडी बन्द प्रशिक्षणमा छन्। तर, पहिलो दिनको अभ्यासमा २६ खेलाडी मात्र उपस्थित थिए। टिमका केही खेलाडी कोभिड १९ को संक्रमण कारण अभ्यासमा उपस्थित हुन नसकेका हुन्।

ए डिभिजन लिगको नवौं चरण सकिएपछि फिफा विन्डो सुरु भएको हो। यो विन्डोमा नेपालले मोरिसससँग खेल्ने तय छ। सो खेलमा पनि नयाँ खेलाडीलाई मौका दिने प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्।

Laxmi sunrise bank
kumari

‘हामीले खेलमा हार्नु केही छैन। मेरो लक्ष्य भनेको एसिया कप क्‍वालिफायर र अर्को विश्वकप नै हो। त्यसैले केही नयाँ खेलाडील पनि अवसर पाउनेछन,’ उनले पत्रकारसँगको कुराकानीमा भने, ‘हामी अहिले बलियो फिजिकालिटी भएको टिमसँग खेल्न गइरहेका छौं। त्यसले एसिया कप छनोटमा पनि सहयोग गर्छ। यस्तो टिमसँग खेल्दा हामीले स्मार्टनेस, ज्ञान र सिप प्रयोग गर्नुपर्ने हुन्छ।’

अहिले अब्दुल्लाहले छानेको टिममा नौ नयाँ खेलाडी छन्। ‘मैले मेरो फर्मेसनमा खेल्नसक्ने खेलाडीलाई छानेको छु। छान्दाखेरी मैले गोल गरेको खेलाडी र म्यान अफ दी म्याचमा ध्यान दिएको छैन,’ प्रशिक्षक अलमुताइरीले भने।

धेरै खेलाडीले केही खेलाडीलाई अंकित गर्दै किन यसलाई छनोट न गरेको भनेर भनेका छन्। बन्द प्रशिक्षणमा नपरेका खेलाडी पनि राम्रो भएको तर आफ्नो रणनीतिमा खेल्नसक्ने खेलाडी छानेको अल्मुताइरीले स्पष्ट पारेका छन्।

उनले पछिल्लो समय आफू रंगशालामा खेल हेर्न नजाने घोषणा नै गरेका थिए। ‘नगए पनि म हरेक खेल टेलिभिजनमा चार पटक हेर्ने गरेको छु,’ उनले भने, ‘मलाई टेलिभिजनमा हेर्दा आनन्द लाग्छ। रंगशालामा जाँदा खेलाडीलाई दबाब हुन्छ भने म नगएकै राम्रो नि!’

अहिले नेपालमा कोभिड संक्रमणको दर निकै उच्च छ। साथै धेरै खेलाडीलाई चोट लागेको छ। त्यस्तै अवस्थामा अब जति खेलाडी सक्षम र उपलब्ध हुन्छन् त्यही खेलाडीलाई लिएर खेल्ने प्रशिक्षक अलमुताइरी बताउँछन्।

अहिले एन्फाले दोस्रो सहायक प्रशिक्षकका रुपमा संकटाका विष्णु गुरुङलाई नियुक्त गरेको छन्। उनको औसत टिमले लिगमा आठ खेलको अपराजित यात्र गरेको थियो।

त्यसपछि गुरुङ राष्ट्रिय टिमको प्रशिक्षणमा पुगेका हुन्। ‘जुन कुरा म सिक्न उत्साहित थिएँ। त्यो सिक्न अब्दुल्लाह सरले बोलाउनु भयो। यसको लागि म धन्य छु,’ सहायक प्रशिक्षक गुरुङले भने, ‘यो मेरो सपनाको सुरुवात हो। यसमा मैले अझै धेरै काम गर्छु।’

उनी यसअघि नेपाली राष्ट्रिय फुटसल टिमको सहायक र मुख्य प्रशिक्षक बनेका थिए। अब फुटबलको मुख्य प्रशिक्षक बन्‍ने बाटो पनि त्यहि रहेको प्रशिक्षक गुरुङ बताउँछन्।


उनले आफ्नो धेरै कुरा खारिनु पर्ने अनुभव गरेको बताएका छन्। उनले एन्फामा राम्रो वातावरण भएको बताएका छन्। राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा पहिलो पटक परेका च्यासलका सन्तोष श्रेष्ठले पनि अभ्यास राम्रो रहेको बताए। ‘यस्तो अभ्यास गरेको थिएन। लिगमा पाँच खेल बाँकी छ। त्यो खेलमा जित्नुपर्ने छ,’ श्रेष्ठले भने, ‘मेहेनेत गरेर अघि बढ्नेछु।’

‘धेरै वर्षपछि अवसर आएको छ। मलाई लाग्छ राष्ट्रिय टिममा कमब्याक गर्ने यो अन्तिम अवसर पनि हो। करियरलाई सार्थकता दिने। म आफ्नो बेस्ट दिने प्रयास गर्नेछु,’ आर्मीका फरवार्ड जगजित श्रेष्ठले भने, ‘आर्मीको टिममा मिल्न गाह्रो भयो सुरुमा। आर्मीको शैली फरक थियो। पछि सुधारिँदै गएको छ।’

पहिलो दिनको प्रशिक्षण सकिएपछि फरवार्ड श्रेष्ठले खुसी व्यक्त गर्दै राष्ट्रिय टिममा पहिलेको भन्दा अहिलेको वातावरण फरक रहेको बताएका छन्। 

उनले अब्दुल्लाहको शैली व्यवसायिक रहेको पनि बताएका छन्। ‘बल पायो भने अट्याकिङमा जाने प्रशिक्षकको शैली रहेछ। मेरो खेल्ने स्टाइल पनि त्यही नै हो,’ उनले भने, ‘ जहाँसम्म मैले धेरै दिन सक्छु जस्तो लाग्छ, फाइनल ११ मा परेँ भने।’

प्रकाशित: Jan 18, 2022| 19:10 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।