बिहीबार, चैत ५, २०८२

मानवीय क्षतिलाई कम गर्न खोप अभियानलाई तीव्रता : स्वास्थ्यमन्त्री

बढ्दो कोरोना ग्राफ, खोपको अवस्था र कोरोना नियन्त्रणका लागि भइरहेको प्रयासबारे बुझ्न मधेस प्रदेशको राजधानी जनकपुर पुगेका स्वास्थ्यमन्त्री खतिवडाले मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतसँगको छलफलमा सो कुरा बताएका हुन्।
 |  मंगलबार, माघ ४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ४, २०७८

जनकपुर- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ को सङ्क्रमणबाट हुने मानवीय क्षतिलाई कम गर्न खोप अभियानलाई तीव्रता दिनुपर्ने बताएका छन्। 

National life

बढ्दो कोरोना ग्राफ, खोपको अवस्था र कोरोना नियन्त्रणका लागि भइरहेको प्रयासबारे बुझ्न मधेस प्रदेशको राजधानी जनकपुर पुगेका स्वास्थ्यमन्त्री खतिवडाले मंगलबार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतसँगको छलफलमा सो कुरा बताएका हुन्। 

कोरोना सङ्क्रमणको ग्राफ बढ्दै गए पनि मधेश प्रदेशका जिल्लामा लक्ष्यअनुसार खोप कार्यक्रम अघि बढ्न नसकेको प्रति चिन्ता व्यक्त गर्दै मन्त्री खतिवडाले सम्भावित कोरोना जोखिमलाई कम गर्न खोप कार्यक्रमलाई तीव्र पार्नुपर्ने बताए। ‘पुस मसान्तभित्र ६६ प्रतिशत जनतालाई खोप दिने सरकारको लक्ष्य थियो,' उनले भने,  ‘तर मधेस प्रदेशको जिल्लामा खोप कार्यले तीव्रता लिन सकेको छैन । त्यसैले स्थानीय सरकारसँग समन्वय गरी खोप कार्यलाई तीव्रता दिनु जरुरी छ।'

खोपसँगै सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्डको परिपालना गराउन सबैले आआफ्नो तहबाट सहयोग गर्नुपर्ने मन्त्री खतिवडाको भनाइ थियो । 

मुख्यमन्त्री राउतले प्रदेश सरकार कोरोना महामारी नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सुरक्षा रणनीति बनाइ अघि बढिरहेको बताए। कोभिड–१९ बाट जोगिने बिधि बारे जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी प्रदेशभरीका अस्पतालमा औषधि, अक्सिजनलगायत स्वास्थ्य सामग्री तयारी अस्पतालमा राखिएको उहाँले जानकारी दिए।

Laxmi sunrise bank
kumari

भारतीय सीमा क्षेत्रमा हेल्थ स्थापनासँगै भारतबाट आउनेको सीमा नाकामै एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको जानकारी गराउँदै मुख्यमन्त्री राउतले विगतमा जस्तो मधेस प्रदेशको जिल्लाका अस्पतालमा बेड, अक्सिजनलगायत स्वास्थ्य सामग्रीको अभाव हुन नदिने गरी तयारी गरेको बताए। 

छलफलमा मधेश प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाले निरन्तरको प्रयास पश्चात बिगत केही दिनदेखि मधेस प्रदेशका जिल्लाहरुमा खोप लगाउनेको सङ्ख्यामा वृद्धि भएको जानकारी दिँदै पुसको अन्तिम सातासम्म मधेश प्रदेशमा खोप लगाउनेको सङ्ख्या ३४ प्रतिशत रहेकामा अहिले त्यो सङ्ख्या बढेर ४९ प्रतिशत पुगेको बताए । 

यसअघि आजै स्वास्थ्यमन्त्री खतिवडाले जनकपुरधामस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेर आइसोलशन बेडको अवस्था, स्वास्थ्य सामग्रीको उपलब्धता र व्यवस्थापन तथा अक्सिजन प्लान्टको स्थितिबारे जानकारी लिएका थिए। उनले आजै महोत्तरीको जलेश्वरस्थित भारतीय सीमा नाकामा स्थापना भएको हेल्थ डेस्कको निरीक्षण गर्नुका साथै कोभिड जाँचको अवस्थाबारे पनि जानकारी लिएका थिए। 

प्रकाशित: Jan 18, 2022| 23:40 मंगलबार, माघ ४, २०७८
प्रतिक्रिया दिनुहोस्