जिल्ला कोरोना सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकले विद्यार्थीलाई मोर्डना खोपको दोस्रो डोज लगाउन पाँच दिन विद्यालय खोल्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए। उनका अनुसार विद्यालयका...
गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन्।
अइतबार रातिको खेलमा इक्वेटेरियल गिनीलाई हराउँदै सेनेगल अर्को चरणमा प्रवेश गरेको हो। त्यस्तै, शनिबार रातिको खेलमा मोरोक्कोलाई हराउँदै इजिप्टले अन्तिम चारमा स्थान बनाएको हो।
बेनी अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियू) प्रयोगमा आउन सकेको छैन्। करोडौं खर्चेर जडान गरिएका ती महत्वपूर्ण उपकरण सञ्चालन गर्ने दक्ष जनशक्ति नभएर थन्किएका हुन्।
नेटले सतर्कतापूर्वक आफू ओमिक्रोनलाई छिट्टै परास्त गर्नेमा आशावादी रहेको दृष्टिकोण व्यक्त गरे। हाल इजरायलले अस्पतालहरूमा भीड नभएको तर धेरै सङ्क्रमित मानिसहरूको सामना गरिरहेको उनले बताए।
यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो। जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रतिपक्षीको भावना सरकारका लागि मार्गदर्शन भएको बताएका छन्। उनले प्रतिपक्षी दलले दिएको सुझाव ग्रहण गरेर अगाडि बढ्ने विश्वास दिए।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको बताएका छन्।