आइतबार, साउन ३१, २०८३

अवैध विदेशी मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ

अवैध रूपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ परेका छन्।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- अवैध रूपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रासहित पाकिस्तानी नागरिक पक्राउ परेका छन्। राहदानी नम्बर एजे १४६९१३३ वाहक ३३ वर्षीय हाफिज एटिक अर रहेमानलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट दुबई जान लागेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको झोलामा रहेको साउदी रियाल ४७ हजार १ सय ५०, युएई दिराम ४ सय, ओमानी रियाल ५.५ र ३ सय बैसा र भारतीय रुपैयाँ १ सय फेला पारेको हो। 

उनलाई बरामद विभिन्न मुद्रासहित आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ।

प्रकाशित: Jan 31, 2022| 08:20 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।