काठमाडौं- बाँकेको भेरी अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ।
रुकुम पश्चिमको आठविस नगरपालिका-६ का ६५ वर्षीय पुरुषको आज बिहान तीन बजे मृत्यु भएको अस्पतालले जनाएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन तेज वलीले उनको मृत्यु बारे जानकारी दिएका छन्।
उनले अहिलेसम्म कोरोनाविरुद्धको खोप लगाएका थिएनन्। योसँगै बाँके जिल्लामा उपचारका लागि आएका ४ सय ४१ जनाको निधन भएको छ भने बाँकेका ३ सय ४६ जनाको कोरोना संक्रमणबाट निधन भएको छ।