आइतबार, फागुन २४, २०८२

इजरायलमा ओमिक्रोनको लहर बिस्तारै घट्दो

नेटले सतर्कतापूर्वक आफू ओमिक्रोनलाई छिट्टै परास्त गर्नेमा आशावादी रहेको दृष्टिकोण व्यक्त गरे। हाल इजरायलले अस्पतालहरूमा भीड नभएको तर धेरै सङ्क्रमित मानिसहरूको सामना गरिरहेको उनले बताए।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

जेरुसेलम- इजरायली प्रधानमन्त्री नाफ्टाली बेनेटले आइतबार देशले अत्यधिक संक्रामक ओमिक्रोन संस्करणको लहरको अन्त्य देख्न थालेको बताउका छन्। बेनेटले आफ्नो मन्त्रीपरिषद्को बैठकमा भने, ‘हामी ओमिक्रोन लहर अन्त्य हुने प्रवृत्तिको सुरुवात देख्दैछौं।’

National life

बेनेटले सतर्कतापूर्वक आफू ओमिक्रोनलाई छिट्टै परास्त गर्नेमा आशावादी रहेको दृष्टिकोण व्यक्त गरे। हाल इजरायलले अस्पतालहरूमा भीड नभएको तर धेरै सङ्क्रमित मानिसहरूको सामना गरिरहेको उनले  बताए।

इजरायली स्वास्थ्य मन्त्रालयले आइतबार जारी गरेको रिपोर्टमा कोरोनाभाइरस संक्रमण दर महिनौपछि पहिलो पटक एक प्रतिशतभन्दा कम भएको उल्लेख गरिएको छ। रिपोर्टअनुसार यो भाइरसबाट संक्रमित हुने अनुमान गरिएका मानिसहरूको संख्याको प्रतिनिधित्व गर्ने दर जनवरीको मध्यतिर २.१२ पुगेको थियो भने यो आइतबार ०.९५ कायम भएको छ। 

मन्त्रालयले पछिल्लो २४ घण्टामा ४५ हजार २५८ नयाँ कोरोनभाइरस संक्रमित भेटिएको पुष्टि गरेको छ। करीब ९४ लाख ५० हजार जनसंख्या रहेको मुलुकमा अहिलेसम्म २७ लाख ५५ हजार जनामा कोभिड संक्रमण भएको इजरायलको स्वास्थ्य मन्त्रालयले बताएको छ।

इजरायलमा भाइरसका कारण मृत्यु हुनेको संख्यामा थप एक वृद्धि हुँदा कूल मृत्यु हुनेको संख्या आठ हजार ६५८ पुगेको छ भने गम्भीर अवस्थामा रहेका कोभिड-१९ बिरामीको संख्या एक हजार १० पुगेको छ।  सिन्ह्वा

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 31, 2022| 07:40 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।