आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिटीइभिटीलाई जनशक्ति उत्पादन र रोजगारसँग जोड्ने बनाउन शिक्षामन्त्री पौडेलको निर्देशन

सिटीइभिटीलाई जनशक्ति उत्पादन र रोजगारसँग जोड्ने बनाउन शिक्षामन्त्री पौडेलको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको बताएका छन्।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्राविधिक तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी) जनशक्ति उत्पादन गरी सीप र रोजगारसँग जोड्ने संस्था भएको बताएका छन्।

आइतबार भक्तपुरस्थित सिटीइभिटीका कर्मचारीको छलफलमा मन्त्री पौडेलले देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने संस्था सिटीइभिटी भएकाले वर्तमान अवस्थामा भएकोभन्दा फरक योजना बनाई कार्यान्वयनमा लाग्न निर्देशन दिएका हुन्।

‘ऐन, नियमावली र नितिमा समस्या छन् भने बुँदागत रुपमा ल्याउनुस् समाधान गरौं,’ मन्त्री पौडेलले भने, ‘ यो संस्था वर्तमानको स्थिति भन्दा फरक हुनपर्‍यो।’

१०औं वर्षदेखिका फाइलहरु पेन्डिङमा राखेर नहुने बताउँदै मन्त्री पौडेलले निकास दिनेमा गम्भीर बन्न कर्मचारीलाई निर्देशन दिए। अब नयाँ बजेट बन्ने प्रक्रिया शुरु हुन लागेको भन्दै मन्त्री पौडेलले आवश्यकता के के हुन टिर्पोट गरेर मन्त्रालयमा पेश गर्न आग्रह गरे। 

‘नयाँ बजेटको प्रक्रिया थालनी हुँदैछ।संस्थाका आवश्यकता के-के हुन् मन्त्रालयलाई दिनुहोस्’

मन्त्रालयले २०३० सम्म दिगो विकासको लक्ष्य लिएको बताउँदै त्यसका लागि अहिलेदेखि योजनाबद्ध रुपले काममा लाग्नुपर्नेमा जोड दिए। सोही क्रममा शिक्षा सचिव यादवप्रसाद कोइरालले पारर्दशीता र सुसासनमा छुट नहुने भन्दै नियमविपरित भए मन्त्रालयले दण्डित गर्ने बताए। 

‘मन्त्रालयले कर्मचारी र संस्थाको हित हुने गरी ऐन बनाउँछ,’ उनले भने , ‘मन्त्रालय कर्मचारीको अभिभावक हो पारर्दशीता र सुशासनमा प्रतिबद्ध हुनुहोस्।’

प्रकाशित: Jan 31, 2022| 06:52 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।