काठमाडौं- क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल समिकरण पुरा भएको छ। आइतबार राति क्वार्टरफाइनलको अन्तिम खेल सकिएसँगै सेमिफाइनल समिकरण पुरा भएका हो।
अइतबार रातिको खेलमा इक्वेटेरियल गिनीलाई हराउँदै सेनेगल अर्को चरणमा प्रवेश गरेको हो। त्यस्तै, शनिबार रातिको खेलमा मोरोक्कोलाई हराउँदै इजिप्टले अन्तिम चारमा स्थान बनाएको हो।
अन्तिम चारमा स्थान बनाएको बुर्किना फासोले ट्युनिसियालाई हराएको थियो भने प्रतियोगिताको आयोजक क्यामरुनले गाम्बियालाई हराएको थियो।
अब सेमिफाइनलको पहिलो खेल आउँदो बुधबार राति हुनेछ। त्यस्तै, दोस्रो खेल भने बिहीबार राति हुनेछ। पहिलो सेमिफाइनल खेलमा बुर्किना फासोले सेनेगलको सामना गर्नेछ।
त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा इजिप्टले आयोजक क्यामरुनको सामना गर्ने छ। यी दुई खेलको विजेताले उपाधिका लागि आइतबार खेल्नेछन्।