शनिबार, असार २०, २०८३

अफ्रिका कप अफ नेसन्स : यी चार टिम पुगे सेमिफाइनलमा

अइतबार रातिको खेलमा इक्वेटेरियल गिनीलाई हराउँदै सेनेगल अर्को चरणमा प्रवेश गरेको हो। त्यस्तै, शनिबार रातिको खेलमा मोरोक्कोलाई हराउँदै इजिप्टले अन्तिम चारमा स्थान बनाएको हो।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको सेमिफाइनल समिकरण पुरा भएको छ। आइतबार राति क्वार्टरफाइनलको अन्तिम खेल सकिएसँगै सेमिफाइनल समिकरण पुरा भएका हो।

अइतबार रातिको खेलमा इक्वेटेरियल गिनीलाई हराउँदै सेनेगल अर्को चरणमा प्रवेश गरेको हो। त्यस्तै, शनिबार रातिको खेलमा मोरोक्कोलाई हराउँदै इजिप्टले अन्तिम चारमा स्थान बनाएको हो।

अन्तिम चारमा स्थान बनाएको बुर्किना फासोले ट्युनिसियालाई हराएको थियो भने प्रतियोगिताको आयोजक क्यामरुनले गाम्बियालाई हराएको थियो।

अब सेमिफाइनलको पहिलो खेल आउँदो बुधबार राति हुनेछ। त्यस्तै,  दोस्रो खेल भने बिहीबार राति हुनेछ। पहिलो सेमिफाइनल खेलमा बुर्किना फासोले सेनेगलको सामना गर्नेछ।

त्यस्तै, दोस्रो सेमिफाइनल खेलमा इजिप्टले आयोजक क्यामरुनको सामना गर्ने छ। यी दुई खेलको विजेताले उपाधिका लागि आइतबार खेल्नेछन्।

प्रकाशित: Jan 31, 2022| 10:19 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।