काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले संसदबाट एमसीसी पारित गर्नुपर्ने बताएका छन्। सबैले जनतालाई एमसीसी बारे बुझाउनुपर्ने बताउँदै भट्टराईले संसदबाट एमसीसी पारित गरिनुपर्ने बताएका हुन्।
उनले ट्विट गर्दै लेखेका छन्, 'आलटाल नगरी अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सर्वसम्मतिले संसदबाट पारित गरिनुपर्छ। यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्।'
उनले यो प्रकरणले नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस् भन्ने कामना गरेका छन्। उनले लेखेका छन्, ‘यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’का लागि घाँटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् ! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!’
MCCसम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाॅटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!
— Baburam Bhattarai (@brb1954) January 30, 2022