काठमाडौं- पछिल्लो २४ घण्टामा विश्वभर २१ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २१ लाख ७ हजार ७ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै विश्वभर कूल संक्रमित संख्या ३७ करोड ५० लाख नाघेको छ।
सो अवधिमा १७ लाख ३८ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन्। र, ५ हजार ७६४ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी फ्रान्समा २ लाख ४९ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सोही अवधिमा फ्रान्समा १२७ संक्रमितले ज्यान गुमाएका छन्।
भारतमा १ लाख ७३ हजार संक्रमित थपिँदा ८९२ जनाको मृत्यु भएको छ। रसियामा १ लाख २१ हजार २२८ जनामा कोरोना पुष्टि भएको छ। ब्राजिलमा १ लाख ४ हजार नयाँ संक्रमित थपिएका छन्।