बुधबार, भदौ ३, २०८३

संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन

संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ। मिर्गौला समस्याबाट ग्रसित थापाको आइतबार साँझ निधन भएको हो।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

बुटवल- संविधानसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको निधन भएको छ। मिर्गौला समस्याबाट ग्रसित थापाको आइतबार साँझ निधन भएको हो।

उनले केही समयअघि मिर्गौला प्रत्यारोपण गरेका थिए। थापाको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

अर्घाखाँची घर भएका डा. थापा एमालेका तर्फबाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए।

प्रकाशित: Jan 31, 2022| 07:58 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...