सेनाले सोमबार युक्रेनी सहरहरूलाई हवाइ, जमिन र समुद्रबाट आक्रमण गरेका छन्। उनीहरूले राजधानी किभमा आक्रमणको तयारी गरिरहेको चेतावनी दिएका छन्। यसबाट आतंकित नागरिकहरू घेरामा परेको मारियुपोलमा फसेका छन्।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार कुराकानी गरेका छन्। कुराकानीका क्रममा प्रधानमन्त्री मोदीलाई राष्ट्रपति पुटिनलाई युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्न सुझाव दिएका हुन्।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रमुख तीन देशका नेताहरूसँग सोमबार छलफल गर्ने भएका छन्। उनले फ्रान्स, जर्मनी र बेलायतका शीर्ष नेताहरूसँग भिडियो कुराकानी गर्ने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ।
यमनको सरकारको सुरक्षा कारबाहीका क्रममा थप ८० जना हुथि विद्रोही मारिएका छन्। देशको हज्जाह प्रान्तमा पछिल्लो ७२ घण्टामा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन्।
लामो समयदेखि महिला, बालबालिकालगायत क्षेत्रमा काम गर्दै आएको नेपाल-अष्ट्रिया साझेदारी संस्थाले हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका-५ र ६ मा गाउँमा बालविवाह न्यूनीकरणका लागि देउडा प्रतियोगिता सञ्चालन गरेको हो। आइतबार...
सुर्खेत विमानस्थल विस्तारको योजना अब अघि नबढ्ने भएको छ। विमानस्थल विस्तारमा स्थानीयको असहयोगका साथै आर्थिक तथा प्राविधिक हिसाबले निकै खर्चिलो हुने भएपछि नयाँ स्थानको खोजी गर्न सरोकारवाला सहमत भएका हुन्।
एमाले मोरङद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताको वर्तमान सरकारप्रति भरोसा टुटेकाले नयाँ निर्वाचन जानुबाहेक अन्य विकल्प नरहेको धारणा राखेका छन्।
मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले प्रभावित क्षेत्रको विकासका निम्ति छुट्टयाइएको बजेट तत्काल निकासा गराउन माग गरेको छ।
पेट्रोलियम पदार्थ र ग्यासको आपूर्ति सहजीकरण सम्बन्धमा नेपाल-भारतबीचको सहसचिवस्तरीय संयुक्त कार्यदलको बैठक सम्पन्न भएको छ। सन् २०१७ मार्चमा नेपाल र भारतबीच पेट्रोलियम पदार्थको आपूर्ति सम्झौताका क्रममा गठित संयुक्त कार्यदलको तेस्रो...
मूल्य स्थिरीकरण कोषको सोमबार बसेको बैठकले निगमले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्नुपर्ने पहिलो किस्ता बापतका नपुग रु चार अर्ब २५ करोड उपलब्ध गराउने निर्णय गरेको हो।
पहिलो मिनेटबाटै रोमाञ्चक बनेको खेलमा पाहुना टिमले २-१ ले जित निकाले पनि विपक्षी टिमको खेलबाट प्रभावित भएर सो जितलाई प्रशिक्षक युगल किशोर राईले घरेलु टिमलाई समर्पण गरे।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) पास गरेर रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेको छ।
परराष्ट्रमन्त्री डा. नारायण खड्का मंगलबार साँझ टर्कीको साताव्यापी भ्रमणमा जाने भएका छन्। टर्कीका विदेशमन्त्रीको निमन्त्रणामा उनी तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद विघटन गरेर 'अर्ली इलेक्सन' गराउने आफ्नो प्रस्तावलाई प्रधानमन्त्री शेरबहादुर देउवाले अस्वीकार गरेको बताएका छन्।
कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री दीलेन्द्र प्रसाद बडू, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्ण, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटालगायतको सहभागितामा भएको...
माओवादीले प्रदेश १ मा राम कार्की, मधेश प्रदेशमा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको हो।