बुधबार, असार १०, २०८३

ईपीएस पास गरेका १७४ जना कोरिया उड्दै

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) पास गरेर रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेको छ।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (इपिएस) पास गरेर रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो पठाउने सम्बन्धमा कोरियाली पक्षसँग छलफल गरेको छ। 

National life

कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी)का नेपाल प्रतिनिधि किम उन डकसँग मन्त्रालयमा भएको भेटमा उनले ईपीएसअन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया जाने पर्खाइमा ठूलो सङ्ख्यामा नेपाली युवाहरु रहेकाले छिटो लैजाने वातावरण बनाउन आग्रह गरेका हुन्। 

मन्त्री श्रेष्ठले व्यावसायिक उडान खुला गरी छिटो पठाउने प्रबन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरेका छन्। अहिले चार्टर्ड उडानमार्फत कोरिया लैजाने रिएकामा व्यावसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाउनेछन् । 

भेटमा एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण तीव्ररूपमा फैलिरहेको बताएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। कोरोना महामारीका लागि रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको उनको भनाइ छ ।

विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्‍नुपर्ने भएकाले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले सुनाए। व्यावसायिक उडान खुला गर्न आवश्यक प्रक्रिया सुरु गरिएको जानकारी दिँदै उनले छिटो सञ्चालन हुने विश्वास समेत दिलाए। 

Shivam cement

यसअघि कोरोना सङ्क्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकामा हालै पुनः खुला गरिएको थियो। करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकामा कोरोना सङ्क्रमणपछि ९८४ जना मात्र गएका छन् भने आज थप १७४ जना जाँदैछन्। यही मार्च १६ गते १७० जना जानेछन्। 

प्रकाशित: Mar 07, 2022| 20:50 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।