मंगलबार, भदौ २, २०८३

लोकतन्त्रको रक्षाका लागि नयाँ जनादेश आवश्यक छ : महासचिव पोखरेल

एमाले मोरङद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताको वर्तमान सरकारप्रति भरोसा टुटेकाले नयाँ निर्वाचन जानुबाहेक अन्य विकल्प नरहेको धारणा राखेका छन्।
 |  सोमबार, फागुन २३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि नयाँ जनादेश आवश्यक रहेको बताएका छन्। एमाले मोरङद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले जनताको वर्तमान सरकारप्रति भरोसा टुटेकाले नयाँ निर्वाचन जानुबाहेक अन्य विकल्प नरहेको धारणा राखेका छन्।

उनले संसद्‌मा आफ्ना मागहरू पूरा नहुँदासम्म एमालेले प्रतिनिधिसभामा अवरोध कायमै राख्‍ने भन्दै संसद्‌मा नाराबाजीका बीचमा पनि सरकारलाई सही दिशामा लग्‍ने काम भइरहेको बताए। महासचिव पोखरेलले एमाले निर्वाचनका लागि तयार भए पनि गठबन्धन दलहरू अझै तयार हुन नसकेको आरोप लगाउँदै एमाले गठबन्धन र एक्लै जसरी आए पनि भिड्न तयार रहेको बताए। 

सो अवसरमा एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले यही फागुन २५ गते  मोरङको रङ्गेलीमा तराईमधेस बृहत् आमसभामा विभिन्‍न पार्टीका जनप्रतिनिधिसहित पाँच हजार कार्यकर्ता प्रवेश गर्नाका साथै ५० हजार सर्वसाधारण सहभगी हुने दाबी गरे। 

प्रकाशित: Mar 07, 2022| 23:00 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...