सोमबार, मंसिर २९, २०८२

सुर्खेत विमानस्थल विस्तार नहुने

सुर्खेत विमानस्थल विस्तारको योजना अब अघि नबढ्ने भएको छ। विमानस्थल विस्तारमा स्थानीयको असहयोगका साथै आर्थिक तथा प्राविधिक हिसाबले निकै खर्चिलो हुने भएपछि नयाँ स्थानको खोजी गर्न सरोकारवाला सहमत भएका हुन्।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

सुर्खेत- सुर्खेत विमानस्थल विस्तारको योजना अब अघि नबढ्ने भएको छ। विमानस्थल विस्तारमा स्थानीयको असहयोगका साथै आर्थिक तथा प्राविधिक हिसाबले निकै खर्चिलो हुने भएपछि नयाँ स्थानको खोजी गर्न सरोकारवाला सहमत भएका हुन्। 

National life

मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थानीयवासीलाई रुवाएर विमानस्थल विस्तार नगरिने भन्दै विकल्प खोज्‍नुपर्ने बाध्यता रहेको बताए। 'प्रदेश सरकारले लामो समयदेखि हालकै विमानस्थललाई विस्तार तथा स्तरोन्नति गर्न सकिन्छ भनेर धेरै प्रयास गर्‍यौँ, बजेट पनि छुट्यायौँ, सम्भव भएन,' उनले भने, 'विस्तारमै वर्षौँ अल्झिनुभन्दा उपयुक्त नयाँ स्थानको खोजी गरी विमानस्थल निर्माण गरौँ भन्नेमा टुंगोमा पुगेका छौँ।'

हाल सुर्खेत विमानस्थलमा ठूलो सिट क्षमताका जहाज अवतरणमा समस्या छ। धावनमार्ग साँघुरो हुँदा ठूला जहाज सञ्चालन हुन नसकेपछि सङ्घ र प्रदेश सरकारको साझेदारीमा स्तरोन्नतिको योजनाअघि सारिएको थियो। हाल धावनमार्गको लम्बाइ एक हजार २५५ मिटर छ। सुर्खेत नागरिक उडड्यन कार्यालयका अनुसार विमानस्थल विस्तार गर्न उत्तरतर्फ करिब ६०० मिटर लम्बाइ र २४० मिटर चौडाइ विस्तार गर्न करिब ३० बिघा जमिन अधिग्रहण गर्न योजना थियो। 

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विमानस्थल प्रभावित क्षेत्रका बासिन्दाको असहमति रहेकाले विकल्प खोज्नु नै उपयुक्त देखिएको बताए। यस विषयमा संघ र प्रदेश सरकारको स्पष्ट धारणा आउनुपर्ने उनको भनाइ छ। विमानस्थल विस्तार नागरिक सरोकार समितिका संयोजक टिकाराम आचार्यले विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ भएको बताउँदै भने, 'विस्तार गर्दा पनि दीर्घकालीन नहुने हुँदा नयाँ स्थान खोज्न सबैमा सहमत भएको छौँ।'

प्रदेश राजधानी रहेको सुर्खेतमा विमानस्थल साँघुरो हुँदा हाल ४७ सिटे जहाजले मात्र सुर्खेत काठमाडौँ उडान भर्दै आएको छ। जसले गर्दा भाडादर महँगो हुन गएको बताइएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 08, 2022| 00:00 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।