आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • घरेलु दर्शक स्तब्ध पार्दै शेर्पाले निकालेको जित सुदूरपश्चिमलाई समर्पण

घरेलु दर्शक स्तब्ध पार्दै शेर्पाले निकालेको जित सुदूरपश्चिमलाई समर्पण

पहिलो मिनेटबाटै रोमाञ्चक बनेको खेलमा पाहुना टिमले २-१ ले जित निकाले पनि विपक्षी टिमको खेलबाट प्रभावित भएर सो जितलाई प्रशिक्षक युगल किशोर राईले घरेलु टिमलाई समर्पण गरे।
 |  सोमबार, फागुन २३, २०७८

विनय सापकोटा

विनय सापकोटा

सोमबार, फागुन २३, २०७८

धनगढी- सुदूरपश्चिम ११ क्लबका दुई हजार घरेलु समर्थकलाई स्तब्ध पार्दै हिमालयन शेर्पाले खप्तड गोल्डकपको क्वार्टरफाइनल खेलमा जित निकालेको छ। पहिलो मिनेटबाटै रोमाञ्चक बनेको खेलमा पाहुना टिमले २-१ ले जित निकाले पनि विपक्षी टिमको खेलबाट प्रभावित भएर सो जितलाई प्रशिक्षक युगल किशोर राईले घरेलु टिमलाई समर्पण गरे।

National life

जितपछि घरेलु समर्थक, खेलाडी र आयोजकप्रति भावुक देखिएका राईले सुदूरपश्चिम ११ को फुटबल शैलीलाई जोन क्रुफको टोटल फुटबल सिद्धान्तसँग तुलना गरे।

‘सुदूरपश्चिमले अब्बल प्रदर्शन गर्‍यो। म खेलाडीलाई भन्ने गर्छु मास डिफेन्स र मास अट्याक भन्ने हुन्छ। पहिलो योन क्राइफले निकालेको सिद्धान्तमा त्यो थियो। त्यसलाई टोटोल फुटबल भन्ने गरिन्छ। त्यो आज सुदूरपश्चिम ११ ले त्यो टाइपको फुटबल खेल्यो,’ खेलको विश्लेषण गर्दै हिमालयन शेर्पा क्लबका प्रशिक्षक युगल किशोर राईले भने, ‘तर जित्नका लागि स्कोर र गुणस्तर चाहिन्छ। त्यसले गर्दा आयोजक पछि परेको हो। यदि आज दर्शक भएर मैले हेरेको भए म पनि सुदूरपश्चिमकै जित चाहन्थेँ।’ उनले सुदूरपश्चिमले आज मुटुबाट फुटबल खेलेको बताएका छन्।

‘हाम्रो टिम राम्रो खेल्दा खेल्दै पनि हार भयो। बल पोसेसन धेरै नै थियो। तर स्कोर पुगेन। पहिलो हाफ दबाबमा राखे पनि तालमेल मिल्न नसक्दा हार भयो,’ सुदूरपश्चिमका प्रशिक्षक गजेन्द्र शाहीले खेलपछि भने। यसअघि सुदूरपश्चिमले उपाधि जित्दा शाही कप्तान थिए। साविक विजेता भए पनि यो वर्ष राम्रो गर्न नसकेकोमा दुःख व्यक्त गरे।

पहिलो मिनेटबाटै आक्रामक बनेको खेलको पहिलो हाफमा हिमालयन शेर्पाले भन्दा आयोजक टिमले नै धेरै अवसरहरू सिर्जना गर्‍यो। तर उसले पाएको अवसरको सदुपयोग उपयोग गर्न नसक्दा अग्रता बनाउन पनि सकेन।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 07, 2022| 21:28 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।