सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • अन्तर्राष्ट्रिय नारी दिवस : बालविवाह अन्त्यसम्बन्धी देउडा प्रतियोगिता

अन्तर्राष्ट्रिय नारी दिवस : बालविवाह अन्त्यसम्बन्धी देउडा प्रतियोगिता

लामो समयदेखि महिला, बालबालिकालगायत क्षेत्रमा काम गर्दै आएको नेपाल-अष्ट्रिया साझेदारी संस्थाले हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका-५ र ६ मा गाउँमा बालविवाह न्यूनीकरणका लागि देउडा प्रतियोगिता सञ्चालन गरेको हो। आइतबार वडा ६ माथिल्लो गाउँ र सोमबार तल्लो गाउँमा देउडा गीत प्रतियोगिता सम्पन्न गरेको हो।
 |  मंगलबार, फागुन २४, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २४, २०७८

हुम्ला- एक सय १२औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बालविवाह अन्त्य गर्नेसम्बन्धी जनचेतनामूलक देउडा प्रतियोगिता आयोजना गरिएको छ। लामो समयदेखि महिला, बालबालिकालगायत क्षेत्रमा काम गर्दै आएको नेपाल-अष्ट्रिया साझेदारी संस्थाले हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिका-५ र ६ मा गाउँमा बालविवाह न्यूनीकरणका लागि देउडा प्रतियोगिता सञ्चालन गरेको हो। आइतबार वडा ६ माथिल्लो गाउँ र सोमबार तल्लो गाउँमा देउडा गीत प्रतियोगिता सम्पन्न गरेको हो। 

National life

सदरमुकाम सिमकोटसहित जिल्लाभर बालविवाह, महिलामाथि हुने हिंसा, घरेलुहिंसालगायत घटनामा कमी नआएका कारण यसको अन्त्य गर्न देउडा गीत प्रतियोगिता सञ्चालन गरेको सोही संस्थाका डिचिन डोल्कार लामाले बताउनुभयो। एक÷एक दिनको अन्तरालमा भएको देउडा प्रतियोगितामा वडा नम्बर ६ माथिल्लो गाउँमा १० वटा महिला टिमको सहभागिता रहेको थियो भने सोमबार पनि पाँच नम्बर वडामा रहेका १० वटा महिला टिमको सहभागिता थियो। 

वडा ६ मा आइतबार भएको देउडा प्रतियोगिता कार्यक्रममा वडा ६ का १० महिला टिममध्ये प्रथम तीन धारा महिला समूह, द्वितीय कालाशिल्ता महिला समूह र तृतीयमा चन्दनाथ महिला समूह विजेता भएको आयोजक तथा नेपाल अष्ट्रिया साझेदारी संस्थाका डिचीन डोल्कार लामाले बताए। सोमबार वडा पाँचमा भएको उक्त प्रतियोगीतामा प्रथम शिव मन्दिर महिला, द्वितीय सूर्यमुखी महिला समूह र तृतीयमा पञ्चमुखी महिला समूह विजेता भएको लामाले जानकारी दिए। 

विजयी समूहलाई क्रमशः पहिलोलाई रु चार हजार, दोस्रोलाई तीन हजार र तोस्रोलाई रु दुई हजार ५०० पुरस्कार प्रदान गरिएको थियो। 

प्रकाशित: Mar 08, 2022| 00:30 मंगलबार, फागुन २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।