मंगलबार, वैशाख ९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कार्यसम्पादन मूल्यांकननमा कञ्‍चनपुरका दुई नगरपालिका उत्कृष्ट

कार्यसम्पादन मूल्यांकननमा कञ्‍चनपुरका दुई नगरपालिका उत्कृष्ट

कार्यसम्पादन मूल्यांकनमा कञ्चनपुरका दुई नगरपालिका देशमै उत्कृष्ट भएका छन्। भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिका उत्कष्ट भएका छन्।
 |  सोमबार, फागुन २३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २३, २०७८

vianetvianet

काठमाडौं- कार्यसम्पादन मूल्यांकनमा कञ्चनपुरका दुई नगरपालिका देशमै उत्कृष्ट भएका छन्। भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिका उत्कष्ट भएका छन्।

triton college

भीमदत्त नगरपालिकाले ७६ दशमलव ३८ र शुक्लाफाँटा नगरपालिकाले ७२ दशमलव ६६ अंक प्राप्त गरेका छन्। कार्यसम्पादन मूल्यांकनका लागि तोकिएका सात सूचकका आधार पूरा गरेकाले देशमै सबै स्थानीय तहभन्दा दुई नगरपालिकाले बढी अनुदान रकम प्राप्त गरेका छन्। 

बेदकोटले ६९ दशमलव ४१, कृष्णपुर नगरपालिकाले ५४ दशमवल ३२, दोधारा चाँदनीले ४८ दशमलव ६९, लालझाडी गाउँपालिकाले ६८ दशमलव ७३, बेलौरी नगरपालिकाले ४४ दशमलव ९०, बेलडााडी गाउँपालिकाले ६७ दशमलव ८४ अंक प्राप्त गरेको छ। 

'कार्यसम्पादन मूल्यांकनका लागि निर्धारित सूचकअनुसार काय गर्दा सन्तोषजनक नतिजा पाएका छौँ,' शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र भट्टले भने, 'गत आवमा नतिजामुखी परिणाम ल्याएका थियौँ।' नगरपालिकाले कर्मचारीको लगनशीलता र मिहिनेतले सबैभन्दा बढी अंक पाउन सफल भएको उनले बताए। 

कार्यसम्पादनस्तर मापनका लागि स्थानीय तहले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गर्नुपर्ने न्यूनतम प्रक्रियागत कार्यसम्पादन गरे नगरेको, कानुन तर्जुमा गरे नगरेको, उद्देश्य बमोजिम खर्च गरे नगरेकोलगायत विभिन्न सात सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मापन गरिन्छ।

National life insurance

सुदूरपश्चिम प्रदेशको डडेल्धुराको अजयमेरु गाउँपालिका भने कार्यसम्पादन मूल्याङ्कनमा देशकै पहिलो स्थानमा आएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार गरेको कार्यसम्पादन मूल्याङ्कन प्रतिवेदनअनुसार अजयमेरु सबैभन्दा अगाडि देखिएको हो। १०० अङ्क भारमा ७० भन्दा बढी अङ्क प्राप्त गर्दा अजयमेरु गाउँपालिका पहिलो नम्बरमा रहेको छ। गाउँपालिकाले ७८दशमलव ६९ अङ्क प्राप्त गरेको छ। दोस्रोमा मुस्ताङको लो घेकर–दामोरकुण्ड गाउँपालिकाले ७७ दशमलव ११, तेस्रोमा कैलालीको कैलारी गाउँपालिकाले ७६ दशमलव ४९, चौथोमा भीमदत्त नगरपालिकाले ७६ दशमलव ३८ र पाँचौँमा गुल्मीको धुर्कोट गाउँपालिकाले ७६ दशमलव ५४ अङ्क प्राप्त गरेको छ। 

प्रकाशित: Mar 07, 2022| 23:30 सोमबार, फागुन २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।