‘मेयरमा उठ्ने हल्ला फैलिएपछि मलाई नै प्रेसर भयो। घरमा श्रीमान् प्रकाशमान सिंहले पनि लड्ने कुरामा रोकछेक नगर्ने, लड्ने भए तयारी गर भनेर नै सुझाव दिनुभयो,’ सिंहको भनाइ छ।
अनलाइन मिडिया दर्ता गर्ने क्रममा गिरीले ब्रिलियन्ट बहुमुखी क्याम्पस चावहिल, काठमाडौंमा व्यवस्थापन विषयमा स्नातक तह उत्तीर्ण गरेको नक्कली प्रमाणपत्र सूचना तथा प्रसारण विभागमा पेस गरेको खुलासा भएको छ।
मृत्यु हुनेमा ४५ वर्षीया कुशनदेवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। गोठमा भैँसी बाध्न गएकी उनलाई आफ्नै गोठमाथि राखिएको जस्तापाता लागेको थियो।
बुटवलमा बुधबारदेखि दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। बुटवल ब्याडमिन्टन क्लबको आयोजनामा नवदिप कवर्ड हलमा बुधबारदेखि खेल सुरु भएको हो।