बुधबार, फागुन २०, २०८२

रियल मड्रिडलाई उपाधिका लागि चार अंक आवश्यक

बुधबार राति रियलले ओसासुनाको मैदानमा ३-१ गोलको जित निकालेसँगै ऊ उपाधि नजिक पुगेको हो।
 |  बिहीबार, वैशाख ८, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं- बुधबार रातिको खेलमा ओसासुनालाई हराएसँगै अब रियल मड्रिडलाई ला लिगाको उपाधि जित्नका लागि चार अंक आवश्यक भएको छ।

अब उसले लिगमा पाँच खेल्न बाँकी रहेको छ। ती खेलबाट चार अंक पाउन सके रियलले ला लिगाको ३५औं उपाधि जित्नेछ।

गएरातिको खेलमा करिम बेञ्जिमाले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्न नसके पनि रियलले जित निकालेको हो। खेलमा डेबिड अल्वाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसको अर्को मिनेटमै ओसासुनाका एन्टी बुदिमिरले गोल फर्काएर खेललाई बराबरीमा ल्याएका थिए।

त्यसपछि पहिलो हाफको अन्तिम मिनेटमा एसेन्सियाले गोल गर्दै फेरि रियललाई अग्रता दिलाएका थिए। त्यस्तै, खेलको इन्ज्युरी समयमा भाज्क्वेजले गोल गरेका थिए।

खेलका क्रममा रियल मड्रिडले दुई पटक पेनाल्टी पाएको थियो। तर, करिम बेञ्जिमाले दुवै पटक पेनाल्टीमा गोल गर्न सकेनन्। त्यसका बाबजुद जित निकालेको रियलले अहिले ३३ खेलबाट ७८ अंक बनाएको छ। दोस्रो स्थानको एट्लेटिको मड्रिडले ३३ खेलबाट ६१ अंक जोडेको छ।

kumari

३१ खेलमा सहमागिता जनाएको बार्सिलोनाको भने ६० अंक रहेको छ। उसले अब लिगमा बाँकी रहेका सबै खेलमा जित निकाले ८१ अंक बनाउने छ। त्यसैले रियललाई उपाधिका लागि चार अंक आवश्यक परेको हो। गएराति पराजित ओसासुना ४४ अंकका साथ नवौं स्थानमा छ।

प्रकाशित: Apr 21, 2022| 08:32 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।