शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

देउवाको गृहपालिकामा तालमेलको सकस

२०७४ सालको स्थानीय तह निर्वाचनमा गन्यापधुराबाट अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी भएको थियो।
 |  बिहीबार, वैशाख ८, २०७९
nespernesper

यज्ञराज जोशी

यज्ञराज जोशी

बिहीबार, वैशाख ८, २०७९

काठमाडौं– डडेलधुराको गन्यापधुरा गाउँपालिका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका हो। त्यसकारण पनि यो गाउँपालिकालाई चासोका रूपमा हेरिन्छ।

triton college

स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा गन्यापधुरामा कुन दलबाट कसले टिकट पाउँछ भन्ने चासो बढेको छ। २०७४ सालको स्थानीय तह निर्वाचनमा गन्यापधुराबाट अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी भएको थियो।

कांग्रेसका नवल मल्ल अध्यक्षमा ३ हजार ३ सय ६९ का साथ विजयी भएका थिए। उपाध्यक्षमा कमला ठगुन्ना ३ हजार ४ सय ७ मत प्राप्त गर्दै विजयी भएकी थिइन्। मल्लका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वीरेन्द्र मल्लले १ हजार ९ सय ४६ र ठगुन्नाकी निकटतम प्रतिद्वन्द्वी कृष्णा ओझाले १ हजार ८ सय ७३ मत प्राप्त गरेका थिए। अर्थात् विजयी र पराजित उम्मेदवारबीचको यो निकै ठूलो मतान्तर हो।

यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट गन्यापधुरा गाउँपालिकाको अध्यक्षका लागि १० जना र उपाध्यक्षका लागि ९ जनाले दाबी गरिरहेका छन्। वर्तमान उपाध्यक्ष कमला ठगुन्नाका अनुसार अध्यक्षमा हालका अध्यक्ष नवल मल्लसहितको दाबी छ। अध्यक्षमा चक्रबहादुर देउवा, इन्द्र कार्की, रवीन्द्र पनेरु, नेत्रप्रसाद जोशी, चेतराज भट्ट, सरस्वती खड्का, टेकबहादुर देउवा, जयबहादुर भण्डारी, नरेशकुमार भट्ट, शेरबहादुर भण्डारीलगायतले दाबी गरिरहेका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा गन्यापधुराबाट अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी भएको थियो।

यस्तै, उपाध्यक्षमा वर्तमान उपाध्यक्ष ठगुन्नासहित नौ जनाले दाबी गरिरहेका छन्। उपाध्यक्षमा भागरथी जोशी, धर्मा देउवा बोगटी, ज्ञानु सेठ्ठी, मञ्जु टिकेश्वरी हमाल, भागरथी देउवा, लक्ष्मी पनेरु, मायादेवी शाही, चन्द्र विष्टलगायतले आकांक्षा देखाएका हुन्।

Metro Mart
vianet

सभापति देउवालाई आफ्नो गृह जिल्लामा पार्टीभित्रैबाट गाह्रो परिरहेको जानकारहरु बताउँछन्। डडेलधुरामा सात पालिका छन्। गत स्थानीय तह निर्वाचनमा चार पालिकामा कांग्रेस, दुईमा एमाले र एकमा माओवादी केन्द्रले जित हासिल गरेको थियो। यस पटक गठबन्धन भएकाले माओवादीले ५० प्रतिशत दाबी गरिरहेको छ। तीन स्थानीय तह आफूले पाउनुपर्ने अडानमा माओवादी छ। तर, माओवादी अजयमेरु गाउँपालिकामा मात्र बलियो छ। अघिल्लो स्थानीय तहमा माओवादीले उक्त पालिकामा मात्रै जित हासिल गरेको थियो। ५२ वडा रहेको डडेलधुरामा कांग्रेसले १७, माओवादी केन्द्रले १६ र नेकपा एमालेले १९ वडामा जित हासिल गरेका थिए।

यसपटकको निर्वाचनमा केन्द्रबाटै गठबन्धनको निर्णय भए पनि स्थानीय स्तरमा तालमेल मिल्न सकिरहेको छैन। गठबन्धनको नाममा आफूहरूलाई पेल्न खोजे विद्रोह गर्ने स्थानीय कांग्रेस नेता बताउँछन्। गन्यापधुराकी उपाध्यक्ष ठगुन्नाले आफूहरू गठबन्धनको पक्षमा नरहेको बताएकी छन्।

उनले भनिन्, ‘हामी गठबन्धनको पक्षमा छैनौं। त्यत्तिकै पनि हामी जिल्लामा बलियो छौं। कांग्रेसका नेता–कार्यकर्ता एक ढिक्का भएर स्थानीय तह निर्वाचनमा होमिए हामी सात वटै स्थानीय तहमा विजयी हुन्छौं।’

देउवाको पालिकामा उल्झन

देउवाको गाउँपालिकामै स्थानीय कार्यसमितिले चुनावी तालमेल अस्वीकार गरेको छ। देउवाको मतदाता नामावली रहेको गन्यापधुरा गाउँपालिकामा तालमेल अस्वीकार गरिएको हो।

गन्यापधुरा गाउँपालिका– २ र ३ को वडा कार्यसमितिले चुनावी तालमेल आवश्यक नरहेको निर्णय गरेर गाउँपालिका कार्यसमितिलाई पत्र पठाएका छन्। २०७४ को स्थानीय तह निर्वाचनमा ती दुवै वडामा कांग्रेस विजयी भएको थियो।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा
तालमेलबिना नै जित्न सकिने भन्दै दुवै वडाले निर्णयसहित सिफारिस पत्र पठाएको कांग्रेस गन्यापधुराकी उपाध्यक्ष ठगुन्नाले बताइन्। उनले १, ४ र ५ का वडा कार्यसमितिले तालमेलबारे निर्णय गरिनसकेको जानकारी दिएकी छन्। प्रधानमन्त्री देउवाको मतदाता नामावली वडा नम्बर १ मा छ।

यसपटकको निर्वाचनमा केन्द्रबाटै गठबन्धनको निर्णय भए पनि स्थानीय स्तरमा तालमेल मिल्न सकिरहेको छैन। गठबन्धनको नाममा आफूहरूलाई पेल्न खोजे विद्रोह गर्ने स्थानीय कांग्रेस नेता बताउँछन्।

अध्यक्ष पदको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीले दुई जनाको नाम नै सिफारिस गरिसकेको छ। जिल्ला कमिटीले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नरबहादुर विष्ट र पश्चिम सेती निर्माणका अभियानकर्तासमेत रहेका यादव जोशीको नाम प्रदेश कमिटीलाई सिफारिस गरेको हो।

अब प्रदेश कमिटीले दुईमध्ये एकजनालाई छनोट गरी टिकटका लागि सिफारिस गर्नेछ। माओवादी र एमालेले भने उम्मेदवार टुंग्याउन सकेका छैनन्। यसले गठबन्धन आबद्ध दलहरू नै उल्झनमा रहेको बुझ्न सकिन्छ।

पार्टीमै दुई धार

देउवाको गृह जिल्ला डडेलधुरामा कांग्रेस दुई चिरामा विभाजन भएको छ। कांग्रेसका पूर्व जिल्ला सभापति कर्ण मल्ल र वर्तमान अध्यक्ष भीमबहादुर साउद दुई कित्तामा छन्।

मल्लले फरक रूपमै गाउँ केन्द्रित चुनावी अभियान थालेका छन्। उनले पार्टी कार्यालयसमेत अलग गरेर आफ्ना गतिविधि अगाडि बढाइरहेका छन्। जिल्ला अधिवेशनमा भएको क्रियाशील सदस्यताको विवादले स्थानीय तह निर्वाचनमा समेत असर गर्ने देखिएको छ। 

निवर्तमान सभापति मल्ल टिमले गाउँ गाउँमा भेला गरिरहेको छ। आधिकारिक उम्मेदवारलाई हराउन बागी उम्मेदवार उठाउने तयारी समेत मल्ल पक्षले गरेको छ। तर, डडेलधुरा सभापति साउद भने मल्ल पक्षको उक्त गतिविधिलाई विधान विपरीत भएको बताउँछन्। ‘केही साथीहरूले पार्टीको विधि र विधान विपरीतका गतिविधि गरिरहनु भएको छ। उहाँहरूसँग पटकपटक संवादको प्रयास पनि गरेका हौं। हामी छलफलका माध्यमबाट विवाद समाधान गर्न चाहन्छौं,’ उनले भने।

उनले सबैले मिलेर स्थानीय तहमा आफ्नो पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिए। पार्टीको हितमा हुने कार्यमा सबै एकमत भएर अगाडि जानुपर्ने उनको भनाइ छ।

यसका साथै गठबन्धनमा आबद्ध दलहरूसँग स्वस्थ प्रतिस्पर्धा गर्ने सहमति भइरहेको उनले बताए। ‘अहिले गठबन्धनका विषयमा कुनै निर्णय भएको छैन। हामीले छलफल र उम्मेदवारको टुंगो लगाउने कार्य सँगसँगै गरिरहेका छौं। आवश्यकताको आधारमा गठबन्धन होला पनि। तर, अहिले हामीले आ–आफ्नो दलबाट उम्मेदवार छनोट गरिरहेका छौं,’ उनले भने।

प्रकाशित: Apr 21, 2022| 07:30 बिहीबार, वैशाख ८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।