बिहीबार, जेठ २८, २०८३

बोलेर होइन, काम गरेर देखाउँछु : खेलकुद मन्त्री

 |  आइतबार, कात्तिक ९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०८२

काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफू गफ गरेर समय खेर फाल्ने पक्षमा नरहेको बताएका छन्।

National life

आइतबार अपराह्न सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले आफू बोल्ने भन्दा पनि केही काम गरेर देखाउने पक्षमा रहेको बताएका हुन्।

विगतमा मन्त्रीहरूले काम गर्ने भन्दा बोलेर बस्दा मुलुक बिग्रिएकाले आफूले काम गरेर मात्रै बोल्ने संकल्प लिएको पनि नवनियुक्त मन्त्री गुप्ताको भनाइ थियो।

‘हामीलाई काम गर्न दिनुहोला। हामी के काम हुन्छ, त्यसलाई डेली प्रस्तुत गर्नेछौँ,’ उनले भने, ‘बोलेर भन्दा पनि पहिला कामै गरेर देखाउँछु। मात्रै यो बोल्दो रहेछ भनेर भएन। बोलेर नै यो सबै कुरा बिग्रेको हो नि।’

मन्त्रालयको टिमसँग बसेर छलफल गरेर मात्रै आफू अघि बढ्ने समेत उनले बताए। उनले त्यसका लागि आफूलाई समय दिन पनि आग्रह गरेका छन्।

Shivam cement

‘पहिला हामी कामै गरौँ। काम गरेपछि त्यो निर्णयहरू हामी तपाईँहरूको अगाडि प्रस्तुत गर्ने नै छौँ। त्यसका लागि कृपया तपाईँहरूले हामीलाई पनि समय दिनुहोला,’ मन्त्री गुप्ताले भने, ‘किनभने हामीसँग सर्ट टाइम छ। रिसोर्सेस पनि थोरै नै छ। काम गर्नुपर्ने धेरै छ। डेलिभरी गर्नुपर्ने धेरै छ। त्यसो भएकाले हामी कामैतर्फ लाग्छौँ।’

मन्त्री गुप्तालाई मन्त्रालयका सचिव डा। हरिप्रसाद लम्साल लगायतका उच्च प्रदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए।

प्रकाशित: Oct 26, 2025| 18:06 आइतबार, कात्तिक ९, २०८२
प्रतिक्रिया दिनुहोस्