आइतबार, कात्तिक ९, २०८२

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 |  आइतबार, कात्तिक ९, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०८२

काठमाडौं- अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ।

Kumaribank

आज सुनको मूल्य तोलामा रु दुई लाख ४१ हजार ९०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु तीन हजार १५ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

तिहारपछि सुनको मूल्य तोलामा रु ११ हजार ६०० र चाँदी तोलामा रु दुई सय ६५ ले घटेको हो।  कात्तिक ३ गते सुन प्रतितोला रु दुई लाख ५३ हजार ५०० र त्यति नै तौलको चाँदी रु तीन हजार २८० मा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन चार हजार ११३ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित: Oct 26, 2025| 13:04 आइतबार, कात्तिक ९, २०८२
प्रतिक्रिया दिनुहोस्